काठमाडौं– नेपाली सेनाको नेतृत्वमा ‘हिमाल बचाउने प्रयास’ नारासहित आयोजना भइरहेको चौथो हिमाल सरसफाइ अभियानमा कोका–कोला फाउन्डेसनले यो वर्ष पनि सहकार्य गरेको छ। यस अभियानमा कोका–कोला फाउन्डेसन अहिलेसम्मको प्रमुख सबैभन्दा ठूलो डोनर रहेको छ।
यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाइ अभियान हो। पर्वतारोहीहरूले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदूषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्देश्य रहेको बताइएको छ। सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुणहिमाल गरी आठ हजार मिटर भन्दाअग्ला हिमालहरू सरसफाइ गरिने बताइएको छ।
प्रतिकूल मौसम र हाइ अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ। टोलीमा आरोही, डाक्टर र शेर्पाहरू रहेका छन्।
प्रत्येक टोलीको नेतृत्व एक क्याम्पेन लिडरले गरेका छन्, जसलाई नेपाली सेनाका दुई बेसक्याम्प म्यानेजर र दुई डेप्युटी डिरेक्टरहरू समावेश छन्। त्यसैगरी फोहोर संकलन, लोडिङ र अन्य सहयोगको लागि ४५ शेर्पाहरू पनि रहेका छन्। त्यस्तै, सञ्चालन, समन्वय र रियर अपरेसनको लागिअन्य २० जना कर्मचारीहरू रहेका छन्।
नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरूसँगको सहकार्यमा सन् २०१९ मा पहिलो पटक आयोजना गरिएको थियो। हिमाल सरसफाइ अभियानमा १० हजार ५८६ किलो फोहोर संकलन भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।