काभ्रे- साहित्यकार सूर्यप्रसाद लाकोजूको नवीनतम कथा संग्रह सत्याग्रह प्रकाशन भएको छ।
सत्याग्रहमा जम्मा एघार वटा कथाहरू रहेका छन। प्राय: कथाहरू हुँदा खाने भूईँमान्छेका छन्। उनीहरूको दु:ख, संघर्ष, पीडा कथामा समावेश छन्।
त्यस्तै, कथाहरूमा माया, प्रेमका सन्दर्भ पनि छन्। सामाजिक सञ्जालको दुरुपयोगका कारण जीवन बर्बाद भएको प्रसंग पनि कथामा छन्।
राजनीतिक आस्था र विश्वासका कारण क्रान्तिमा होमिएका सपूतका योगदानको चर्चा पनि कथाहरूमा छन्।
कविता, निबन्ध, हाइकु, नियात्रा, मुक्तक, अनुवाद विधामा कलम चलाउँदै आएका लाकोजूका तीन दर्जन साहित्यिक कृतिहरू प्रकाशित छन्। सत्याग्रह भने उनको पहिलो कथासंग्रह हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।