• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बारा- २ : अस्तित्वको लडाईं लड्दै उपेन्द्र यादव

64x64
नवीन झा शुक्रबार, चैत २४, २०७९  १२:४२
1140x725

काठमाडौं- १० वैशाखमा हुने उपनिर्वाचनमा बारा- २ बाट जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रतिस्पर्धामा छन्। उनलाई चुनौती दिएका छन्, जनमत पार्टीका शिवचन्द्र कुशवाहले। यो निर्वाचनमा जसपाका यादव र जनमतका कुशवाहाबीचको प्रतिस्पर्धा निकै रोचक हुने देखिएको छ।

जसपा अध्यक्ष यादवलाई गत ४ मंसिरको निर्वाचनमा पनि जनमत पार्टीकै अध्यक्ष सिके राउतले सप्तरी- २ मा फराकिलो मतान्तरले पराजित गरेका थिए। सप्तरीबाट पराजित भएपछि यादव आफ्नै पार्टीका निर्वाचित नेता रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर बारा- २ बाट प्रतिनिधि सभामा छिर्न खोजेका छन्, जसलाई जनमत पार्टीले रोक्न चाहिरहेका छ।

यादवलाई रोक्ने योजना अनुसार नै राउतले ४ मंसिरको निर्वाचनमा उपराष्ट्रपति यादवसँग चार सय मतले पराजित माओवादी केन्द्रका शिवचन्द्र कुशवाहा आफ्नो पार्टीमा भित्र्याएर उम्मदेदवार बनाएका छन्। कुशवाहालाई सघाउन राउत आफैं दिलोज्यानले खटिएका छन्।

राउतले सप्तरीभन्दा पनि बढी मतानान्तरले यादवलाई बारामा पराजित गर्ने उद्घोष गरेका छन्। यी दुई हेभिवेट नेताको अस्तित्वको लडाइँले बारा- २ को उपनिर्वाचन अहिले चर्चाको केन्द्रमा देखिन्छ।

मधेस राजनीतिका पुराना नेता भरतविमल यादव जसपा अध्यक्ष यादव उपनिर्वाचनमा उम्मेदवार बन्नु धेरै ठूलो विषय नभए पनि उनका लागि भने यो निर्वाचन अग्निपरीक्षा सरह भएको बताउँछन्। ‘निर्वाचनमा हार-जित एउटा समान्य राजनीतिक प्रकिया हो,’ यादवले नेपाल लाइभसँग भने, ’तर उपनिर्वाचनमा शीर्ष नेता उम्मेदवार भएर पराजित भएमा त्यसले उनका लागि धेरै ठूलो राजनीतिक क्षति गर्न सक्छ।’

मधेस केन्द्रित नेताहरुको मधेसमै राम्रो छवि नरहेको भन्दै यादवले जसपा अध्यक्ष उपनिर्वाचनमा उम्मेदवार बन्नु आफैंमा ठिक नभएको बताए। ‘उहाँ जत्तिको उचाइको नेता प्रतिनिधि सभामा जानबाट बन्चित नै हुनु हुँदैन भन्ने होइन,’ उनले भने, पाँच वर्ष उहाँ संसदमा नगए पनि केही फरक नपर्ने कुरा उहाँले बुझ्नुपर्थ्यो।’

यद्यपि, मधेस राजनीतिलाई नजिकबाट नियालिरहेका जानकारहरु पछिल्लो समयमा मधेसमा जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच प्रतिष्ठाको लडाईं भइरहेको र त्यसकै प्रतिबिम्व बारा उपनिर्वाचनमा देखिएको दाबी गर्छन्। 

राजनीतिक विश्लेषक विजयकान्त कर्ण जनमत पार्टीका अध्यक्ष राउत जसपा अध्यक्ष यादवलाई राजनीतिमा परास्त गरे मात्रै आफूमा केन्द्रमा मधेसको नेता कहलिने निष्कर्षमा पुगेको बताउँछन्। ‘मधेसमा रहेको उपेन्द्र यादवको राजनीतिक बिरासत उनलाई पराजय गरेर मात्रै ध्वस्त पार्न सकिन्छ भन्ने बुझाइ राउतमा देखिन्छ,’ कर्ण भन्छन्, ‘त्यसकै लागि उनी जसपा अध्यक्ष यादवलाई उपनिर्वाचनमा हराउन लागिपरेका छन्।’

Ncell 2
Ncell 2
nimb
nimb

मधेस राजनीतिमा रहेको बेमेलको वातावरण पनि यसको कारक रहेको बताउँदै कर्णले मधेसमा एउटै मुद्दा र विचारमा रहेका नेताहरुबीच एक तहको राजनीतिक समझदारी जहिले पनि हुनुपर्थ्यो, त्यो नदेखिएको बताउँछन्।

मधेसमा नागरिक अगुवाको रुपमा काम गरिरहेका सप्तरीका बुद्धजीवी बलराम यादव जसपा अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचनमा उम्मेदवार बनेर गलत गरेको टिप्पणी गर्छन्। बारा- २ को उपनिर्वाचनमा जसपाले जिते पनि यसले उपेन्द्र यादवको उचाइ मधेसमा नबढ्ने यादवको दाबी छ। उपेन्द्र चार महिना पनि संसद् र सरकारविना रहन नसक्ने नेताको रुपमा पुष्टि हुने यादवको तर्क छ।

पहिलो संविधान सभा निर्वाचनमा  तत्कालीन मधेसी जनअधिकार फोरम नेपालले मोरङदेखि बाँके-बर्दियासम्म राम्रो अवस्थामा उपस्थिति देखाएको भए पनि सत्तामोहकै कारण आज त्यो पार्टी र तीनका नेता केही जिल्लामा सीमित भएको देखिन्छ। 

चार वर्ष अगाडि मात्रै मधेसमा मुलधारको राजनीति सुरु गरेको जनमत पार्टी र तिनका अध्यक्ष राउतले जसपा र उपेन्द्र यादवलाई सुरुदेखि आफनो राजनीतिक दुश्मनको रुपमा निशाना बनाउँदै आएका छन्।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जनमत पार्टी बनाएलगत्तै राउतले जसपाको प्रदेश सरकारदेखि केन्द्रमा रहेका तत्कालीन मन्त्रीहरुलाई केन्द्रमा राखेर मधेसमा विरोध कार्यक्रमहरु गरेका थिए। गएको ४ मंसिरको निर्वाचनमा त राउत आफैंले जसपा अध्यक्ष यादवलाई पराजित गरिदिए। 

यसरी मधेस राजनीतिमा जसपा र जनमत पार्टी एक-अर्का विरुद्ध सुरुदेखि उत्रिँदै आएका छन्। जसलाई जानकारहरु वर्चस्वको लडाईंको रुपमा हेर्छन्। जनमत पार्टी जसपा अध्यक्षलाई संसद् र सत्ताबाट बाहिर राखेको खण्डमा आफ्नो शक्ति बलियो हुँदै जाने निष्कर्षमा पुगेको देखिन्छ ।

आफ्नो राजनीतिक जीवनकै सबैभन्दा कठिन परीक्षामा रहेका जसपा अध्यक्ष यादव जसरी पनि उपनिर्वाचन जितेर प्रतिनिधि सभा छिर्ने दाउमा छन्। उनले यो निर्वाचनलाई अस्तित्वको लडाइँको रुपमा लिएका छन्। जसका लागि उनी सत्तारुढ दलहरुको बलियो समर्थन जुटाउने रणनीतिमा छन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाले यादवलाई केन्द्रबाट समर्थन गरे पनि त्यसले मैदानमा कति प्रभाव पार्छ त्यो अहिले नै भन्न सकिँदैन। यादव गठबन्धनको बढीभन्दा बढी फाइदा लिने दाउमा देखिन्छन् भने जनमत पार्टी गत ४ मंसिरको निर्वाचनझैं केन्द्रका सबै प्रकारका गठबन्धन भत्काउन लागिपरेको छ।

प्रकाशित मिति: शुक्रबार, चैत २४, २०७९  १२:४२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नवीन झा
लेखकबाट थप
कांग्रेस सुधारको बहस : केका लागि, कस्तो सुधार?
कोइरालाको सहयोग लिएर महामन्त्रीद्वयमाथि देउवाको बलमिच्याइँ
रास्वपा पुनः सरकारमा सहभागी भए कसरी होला मन्त्रालय बाँडफाँट?
सम्बन्धित सामग्री
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै कांग्रेसले यस्तो प्रतिबद्धता जनाएको हो । सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल केही सञ्चारमाध्यमसँग कुराकानी गर्दै  मन्त्री रावलले सरकारले दीर्घकालीन महत्त्व राख्ने गरी निजामती कर्मचारीसम्बन्धी कानुन निर्माण गर्... सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन उक्त अडियोमा एक महिला पूर्वसांसदलाई लक्षित गरी आपत्तिजनक टिप्पणी र धम्कीपूर्ण भाषा प्रयोग गरिएको सुनिएको छ। सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
गलौंदीमा भित्तो कटान सकियो, पृथ्वी राजमार्ग दुईतर्फी खुला मंगलबार, असोज २७, २०८३
कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना मंगलबार, असोज २७, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्