काठमाडौं- गत माघ ९ गतेदेखि पोखराको सेती नदीमा बेपत्ता एक पुरुषको शव फेला परेको छ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले सेती नदीमा हाम्फालेर बेपत्ता भएका कास्कीको माछापुच्छ्रे गाउँपालिका-६ घर भई पोखरा महानगरपालिका-१६ लामाचौर बस्ने ४४ वर्षीय विश्वबहादुर गुरुङको शव फेला पारेको हो।
यसैबीच, पोखरा महानगरपालिका-१६ दीपस्थित केआई सिंह पुलबाट मंगलबार सेती नदीमा हाम्फालेकी लामाचौरकी ३१ वर्षीया अल्का गुरुङको भने खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।
विश्वबहादुरको शव पोष्टमार्टमका लागि पोखरा स्वस्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।