काठमाडौं– काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा ठलर देखाई ठगी गर्ने गिरोहका पाँच सदस्यहरूलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा धादिङको सुनौलो बजार गाउँपालिका–७ घर भइ ललितपुर चापागाँउ बस्ने ३२ वर्षीय सुरेश कोइराला, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घर भइ काठमाडौं गोकर्ण बस्ने २४ वर्षीय विकास तामाङ, धनकुटाको बेलारा घर भइ काठमाडौं भंगाल बस्ने ३२ वर्षीय दीपक दमाई, सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घर भइ गोकर्ण बस्ने २८ वर्षीय साजन तामाङ र बाह्रबिसे–५ घर भइ गोकर्ण नै बस्ने ३५ वर्षीय प्रेमबहादुर तामाङ छन्।
यो समूहले गोकर्णेश्वर तथा थानकोट लगायत काठमाडौं स्थानहरूमा सस्तो दररेटमा डलर साट्ने भन्दै ठगी गरेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।
उनीहरूले विभिन्न व्यक्तिहरूलाई पटक पटक फोनमार्फत् सम्पर्क गरी आफूसँग अमेरिकी डलर रहेको र सस्तो दररेटमा साटिदिने प्रलोभनमा पार्ने गरेका थिए।
१ र ५० दरका अमेरिकी डलर देखाई विश्वासमा पार्ने र सटही गर्ने बहानामा पैसा लिएर उपत्यकाका सागुरा गल्ली, पातलो मानवबस्ती र जंगल आसपासको स्थानमा बोलाई झुक्यानमा पारी डलर भनि ५, १०, २० र नेपाली नोट साइजको पेपरकाटी रुमालमा पोकोपारी दिने गरेको पाइएको प्रहरीले जनाएको छ।
यसरी ठगी तथा लुटपाटमा संलग्न हुने व्यक्तिहरूले विभिन्न नम्बरका मोबाल प्रयोग गर्ने र घटनापश्चात प्रयोग गरेका मोबाइलहरू पुनः प्रयोग नगर्ने गरेको समेत अनुसन्धनबा खुलेको छ।
पक्राउ परेका व्यक्तिहरूले हालसम्म उपत्यका र उपत्यकाबाहिर समेत गरी विभिन्न ६ वटा यस्तै प्रकृत्तिका ठगी घटनामा संलग्न रहेको पाइएको एसपी रेग्मीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।