• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

लोकतान्त्रिक विचार बोक्नेहरुको विकल्प बन्न सक्छ रास्वपा?

64x64
डिबी खड्का बुधबार, चैत २२, २०७९  १९:०३
1140x725

काठमाडौं– नेपाली कांग्रेसको नेतृत्वबाट पेलिएको महसुस भएपछि डा स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका छन्। अर्थविद्का रुपमा अपनाएको पेसा त्यागेर उनी कांग्रेसबाट सक्रिय राजनीति गर्ने गरी मैदानमा आएका थिए। गत मंसिर ४ को निर्वाचनमा उनले कांग्रेसबाट उम्मेदवार बन्न ठूलै जोडबल गरेका थिए। चितवन- १ बाट उनको नाम सिफारिस भए पनि बाजी भने अर्का अर्थविद् विश्व पौडेलले मारे। त्यसबाहेक उनले काठमाडौंको कुनै क्षेत्रबाट कांग्रेसको उम्मेदवार हुन समेत कोसिस गरे। कांग्रेसकै केही नेताहरुले उनको त्यो कोसिसमा साथ दिए, तर मुख्य नेतृत्व दाहिना भएन।

सांसदको उम्मेदवारका रुपमा नपत्याइए पनि मंसिर ४ को निर्वाचनमा कांग्रेसले उनको बौद्धिक क्षमतालाई पत्याएर घोषणापत्र मस्यौदा समितिको समितिको संयोजक बनायो। कांग्रेसमा त्यो तहको प्रभाव बनाइसकेका डा वाग्ले सभापति शेरबहादुर देउवा र उनी निकटकाहरुको तरिकाले उक्त पार्टी नबन्ने भन्दै बाहिरिएका छन्।

वर्तमानमा अवसरका लागि केही अप्ठ्यारो भए पनि कांग्रेसमा भविष्य ‘सुनिश्चित’ नै देखिएका डा वाग्लेले कुर्न सकेनन्। ‘समय छँदै योग्यताको उपयोग’ गर्ने बाटो भन्दै तनहुँ-१ बाट उम्मेदवार बनेका छन्। डा वाग्लेको रास्वपा रोजाइलाई अनेक दृष्टिबाट विश्लेषण गर्न थालिएको छ। त्यसमध्ये केही प्रश्नवाचक सहितका विश्लेषणका शीर्षक यस्ता छन्-  वामपन्थी विचार पनि नरुचाउने, तर कांग्रेसमा पनि उकुसमुकुस भइरहेकाहरुको सुस्ताउते थलो त बन्दै छैन रास्वपा? डा वाग्ले जस्ताहरुको प्रवेशले कालान्तरमा रास्वपा लोकतान्त्रिक विचार बोक्नेहरुको विकल्प बन्न सक्छ त?

लोकतान्त्रिक विचारधाराबाट प्रभावित, अनेक क्षेत्रमा आफूलाई अब्बल ठहर्‍याएका, तर कांग्रेसमा अवसरको लाइन लाग्ने नचाहेका केही यसअघिदेखि नै उक्त पार्टीमा छन्। स्थानीय तहको निर्वाचन २०७९ मा  कांग्रेसको घोषणापत्र मस्यौदा समितिका सदस्य रहेका मनिष झाले पहिले नै रास्वपा रोजे। उनी अहिले उक्त पार्टीबाट सांसद छन्। यस्तै सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, गणेश पराजुलीलगायत लोकतान्त्रिक विचारधारामै झुकाव भएकाहरु उक्त पार्टीबाट सांसद छन्।

लोकतान्त्रिक विचारधाराबाट प्रभावित, तर कांग्रेसको राजनीतिक लाइन र उल्झनमा पर्न नचाहनेहरुको रोजाइ उक्त पार्टी बन्न सक्ने प्रारम्भिक संकेतहरु देखिएका छन्। पहिलो निर्वाचनबाटै एउटा सम्भावना देखाएको छ। राजनीति गर्न चाहने युवा वा अन्य पेसामा आफूलाई प्रमाणित गरेकाहरुका लागि अवसर समेत कायम छ। डा वाग्लेको प्रवेशको प्रभावस्वरुप उक्त पार्टीमा कांग्रेसका असन्तुष्ट युवापंक्ति आकर्षित हुन सक्ने आकलन गर्न थालिएको छ।

राजनितिक विश्लेषक उद्धव प्याकुरेल उक्त पार्टीमा मान्छेको खडेरी रहेकाले त्यस्तो अवस्था आउन सक्ने बताउँछन्। उनले भने, ‘कांग्रेसमा एक पक्षको आलोचना गर्दा पेलिए पनि अर्को पक्षले माफ गरेर पार्टीबाहिर जान नदिने पुरानो संस्कृति हो। पार्टीभित्रै संघर्ष गर्ने र अघि बढ्ने चलिरहेको हो। डा वाग्लेले पार्टी नै त्याग्नुभयो। अब अवसरका लागि भित्रै संघर्ष गर्ने र कुर्ने नभइ अघि बढ्ने बाटो त्यो पनि हुन सक्छ भन्ने केहीलाई पर्न सक्छ।’

उक्त पार्टीमा मान्छेको खडेरी भएका कारण आगामी दिनमा कांग्रेसभित्र अवसर नदेख्ने र पेलिनेहरु त्यहाँ पुग्न सक्ने बाटो बनेको उनी बताउँछन्। उक्त पार्टी सभापति रवि लामिछानेका विषयमा मूलधारका राजनीतिक दलहरुले कमजोरी गरिसकेकाले अब केही हानी बेहोर्न तयार रहनुपर्ने संकेत उनले गरे। डा वाग्ले जस्ता बौद्धिक व्यक्तित्वले पार्टी बनाउन सकेका उदाहरण भने कम भएको उनी बताउँछन्। तर उक्त पार्टीका लागि एक खालको सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको उल्लेख गर्छन्। उनी भन्छन्,  ‘बौद्धिक जमातले पार्टी चलाउने भए डा देवेन्द्रराज पाण्डेलगातयले गठन गरेको प्रजातान्त्रिक लोक दलहरु चल्थे।’

रास्वपाको उदय,  कांग्रेसलाई हानी कि लाभ?
आम निर्वाचनको ६ महिनाअघि मात्रै गठित रास्वपा वैचारिक रुपमा स्पष्ट थिएन। ‘डिजिटल डेमोक्रेसी’ भनेर अघि बढेको पार्टीले लोकतान्त्रिक धार अपनाउने सामान्य संकेत छाडेको थियो। कांग्रेसको विकल्पका रुपमा डा वाग्लेले उक्त पार्टी रोजेपछि धेरैले ऊ ‘लिबरल डेमोक्रेसी’तर्फ अघि बढ्ने अनुमान गरेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

आमजनको आँखामा देखिने ‘हार्डवेयर’का रुपमा पार्टी सभापति रवि लामिछाने र ‘सफ्टवेयर’मा डा वाग्लेले नेतृत्व गर्ने आकलन समेत गर्न थालिएको छ। यसरी अघि बढ्दा उक्त पार्टीले समात्ने धार लोकतान्त्रिक नै हुनेछ। लोकतान्त्रिक विचारधारबाट टाढिन नचाहनेका लागि यसअघि कांग्रेसबाहेक कम विकल्प थिए। २०६२/०६३ अघि कांग्रेस आफैं फुटेर विकल्प दियो। त्यसपछि विभिन्न क्षेत्रीय दलहरुमा लोकतान्त्रिक विचारधारका नेताहरु पुगे।

कांग्रेसको केन्द्रमा प्रभाव जमाएका पूर्व सुनसरीका विजय गच्छदारदेखि पश्चिम कैलालीका रामजनम चौधरीसम्म त्यहीँ फर्किएका छन्। कांग्रेसकै पूर्व नेता महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी खुम्चिने क्रममा छ। यसले गर्दा लोकतान्त्रिक विचारधारामै रहने, तर कांग्रेसबाट पनि असन्तुष्टहरुका लागि विकल्प कमजोर बनिरहेको थियो। रास्वपाको उदयले त्यसको भरथेग गर्न सक्ने विश्लेषकहरु बताउँछन्।

वामपन्थी पार्टी भने सुरुदेखि नै बहुविकल्पका साथ चलिरहेका छन्। अहिले नेकपा एमालेसँग असन्तुष्टहरु नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीतिर पुगेका छन् भने त्यहाँ असन्तुष्टहरु नेकपा एमालेमा छन्। दुवैबाट असन्तुष्टका लागि अन्य समूहरु समेत छन्।

पार्टी सभापति लामिछानेमाथि लागेका मुद्दाहरु ‘क्लियर’ हुँदै गएका छन्। मूलधारका पार्टीले आमजनको भरोसा गुमाउँदै गइरहेका छन्। यस्तो अवस्थामा विकल्पका रुपमा उक्त पार्टी रोज्नेहरु बढ्न सक्ने विश्लेषकहरु बताउँछन्। ‘अहिले राष्ट्रियताको जुन लवज देखिन्छ र त्यसले आमजनमा प्रभाव देखिएको छ, त्यो दीर्घकालीन देखिँदैन। एक न एक दिन उद्घाटित हुनेछ। तर, त्यस्तो नहुँदासम्म भने यसले लोकतान्त्रिक शक्तिलाई नै असर पार्छ,’ प्याकुरेलले भने।

भारतमा ‘लिबरल डेमोक्रेसी’कै लाइनबाट अघि बढको, तर प्रगतिशील अवधारणा बोकेको आम आद्‌मी पार्टी (आप) बढ्दा हानी सबैभन्दा बढी कांग्रेस आईलाई भएको छ। कांग्रेस आईकी शिला दीक्षितले ह्याट्रिक गरेको दिल्लीमै कांग्रेसको अस्तित्व संकटमा छ भने कांग्रेसकै प्रभाव रहेको पञ्जावमा यसपल्ट आप नेतृत्वको सरकार छ। ती उदाहरणहरुले पनि यस्ता खालका पार्टी आउँदा तात्कालीन अवस्थामा लोकतान्त्रिक शक्तिलाई क्षति पुर्‍याउने गरेको डा प्याकुरेल बताउँछन्।

प्राध्यापक विजय मिश्र भने तत्कालीन रुपमा कांग्रेसलाई हानी देखिए पनि दीर्घकालीन रुपमा लाभ हुने विश्लेषण गर्छन्। उनी भन्छन्, ‘नेताहरुको दल अदलबदललाई सामान्य रुपमा लिनुपर्छ। रास्वपाले लिने लोकतान्त्रिक विचारबाट कांग्रेसको लोकतान्त्रिक विचारकै प्रबर्द्धन हुन्छ।’

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १९:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्