• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

जसले एउटै घरमा डेढ महिना बाबुछोरी भएर बिताए 

64x64
समर्पण श्री बुधबार, चैत २२, २०७९  १४:२९
1140x725

‘अस्ति अफरान आएको थियो के बा। खर्च छैन दिदी भन्यो, दुई हजार दिएर पठाएँ,’ पुतलीसडकस्थित एक रेस्टुराँमा सुरक्षा पन्त कमलमणि नेपाललाई सुनाउँदै थिइन्।

र थप्दै थिइन्, ‘भाइ हो, माया लाग्छ। म त उसको घर पनि गएकी छु।’

२४ चैत्रमा रिलिज हुने फिल्म ‘बहाब’का बाबु–छोरी यतिबेला गफिँदै थिए। छोरी सन्ध्या घरी भाइ सम्झन्थिन्, घरी आमा, घरी ब्वाइफ्रेन्ड!

‘अनि तिमीहरू तीजको बेलामा आमाको घर पनि गयौ। मलाई लगिनन्,’ कमलमणिले प्रसँग जोडे। 

‘किन नलगेको?’

‘तीजमा ससुराली जानुहुन्न रे। त्यसैले नलगेको रे,’ लामो हाँसो हाँस्दै कमलमणिले सुनाए। ‘त्यतिबेला हामीले त ममीलाई चुरा पोते पनि किनिदिएको हो नि,’ सुरक्षाले भनिन्। ‘अँ तिमीहरूले लगिदिएका थियौ,’ कमलमणिले टाउको हल्लाए। 

‘तपाईँ अझै पनि बा भन्नुहुन्छ,’ पंक्तिकारले सुरक्षालाई सोध्यो।

‘अँ, अझै पनि झुक्किएर बा भनिँदो रहेछ,’ सुरक्षाले भनिन्, ‘सुरुमा त कमल दाइ भन्न आउँथ्यो। बा भन्न बानी पार्न कम्ता गाह्रो भएन नि है दाइ।’

Ncell 2
Ncell 2
nimb
nimb

कमलमणि मुसुक्क हाँसे।

उनीहरू संवादको लयमा बगिरहेका थिए। बगाइसँगै पुराना दृश्य आँखामा भरिँदै गए। दृश्यमा चितवनका परिवेश फैलिरहेका थिए। एउटा घरभित्र बा, विद्रोही स्वभावकी छोरी, भाइ, आमा र पीँजडाभित्रको सुगा।

उनीहरूले डेढ महिना एउटै घरमा अलग जीवन बाँचिरहेका थिए। त्यो जीवन निर्देशक प्रमोद कँडेलको स्क्रिप्टभित्रका पात्रहरूको थियो। ‘फिल्मका पात्रहरू एक आपसमा आत्मीय जस्तो मात्र भएर हुन्न थियो,’ निर्देशक प्रमोदले भने, ‘त्यसकारण हामीले मेथड एक्टिङको एउटा अभ्यासको सुरुवात गर्‍यौँ।’

०००

‘बहाब’ एक युवतीको मनस्थितिको कथा हो। परिवार र समाजसँग सन्ध्या पात्रले समाजसँग गरेको विद्रोहको कथा हो। निर्देशकलाई फिल्ममा पात्रहरूको जीवन्त अभिनय उतार्नु थियो। 

यसका लागि उनले चुने–‘मेथड एक्टिङ’।

प्रमोदलाई प्रोफेसनल एक्टर मात्र हैन, ‘नन् एक्टर’ पनि चाहिएको थियो। सन्ध्याको चरित्र निर्वाह गर्न सुरक्षा चुनिइन्, बाको चरित्रमा कमलमणि। बाँकी थिए भाइ, आमा, ब्याइफ्रेन्ड(समीर) र काका। 

काका विश्वविद्यालयको प्रोफेसर हुन्छन्। उनले चितवनको रामपुर कलेजमा पढाइरहेका सूर्य शर्मा भट्टलाई लिए। आमा चरित्रका लागि ईश्वरी सिँहलाई। कास्टिङ निर्देशक थिए निगम श्रेष्ठ। चरित्र छनोटका लागि उनले सहयोग गरे।

सन्ध्याका भाइका लागि कलेज पढिरहेका १९ वर्षका अफरान अली भेटिए। तर सन्ध्याको ब्वाइफ्रेन्ड भेटिन समय लाग्यो। ‘सुरुमा अर्कै युवक पक्का भएका थिए। हामीले खोजेजस्तो चाहिँ भेटिरहेका थिएनौँ,’ निर्देशक प्रमोदले सुनाए।  

एकजना साथीले आफूले चिनेका एक व्यक्ति सिफारिस गरे। प्रमोदले बनाएको चरित्रको स्केचमा ती युवक अटाए। नाम थियो पवन श्रेष्ठ।

चरित्र छनोट भइसकेपछि उनले चितवनमा एउटा घर खोजे। जहाँ डेढ महिना उनीहरू स्क्रिप्टभित्रको परिवार भएर बाँच्न सक्थे। सुरक्षा र कमलमणि पर्दामा देखिएका चर्चित अनुहार। ‘सेलेब्रेटीसँगै एउटै परिवार भएर कसरी बस्ने?’ कलाकारितामा नयाँ अनुहारलाई असाध्यै डर थियो। 

प्रमोदले भनेका थिए, ‘तपाईंहरू स्क्रिप्टको परिवारजसरी बस्नु। म आउँदा निर्देशक हैन पाहुना भएर आउँछु। तर स्क्रिप्टको कुरा गर्नचाहिँ पाइँदैन।’

खाना, चिया पकाउने र सरसफाइका जिम्मा सुरक्षा(सन्ध्या)को हुन्थ्यो।

तर एक हप्ता बितिसक्दा पनि कलाकारहरू आपसमा खुल्न सकेनन्। त्यसपछि निर्देशकले पारिवारिक ट्रिपको योजना बनाए। ‘हाम्रो जहाँ जहाँ सुटिङको लोकेसन हो। त्यहाँ त्यहाँ उहाँहरूलाई घुमायौँ। बा आमाको भनिएको होटलमा खाना पकाउने अभ्यास  गरायौँ। फर्केर आएपछि परिवर्तन देखियो,’ निर्देशक प्रमोद भन्छन्।

केहीदिनपछि प्रमोद त्यस घर जाँदा चकित परे। दिदी–भाइबीचको दुरी मेटिएको छ। सम्बन्धमा एकअर्काबीचको औपचारिकता बाँकी छैन। त्यतिबेला सुरक्षा घरकी छोरीको स्वरुपमा देखिइसकेकी थिइन्। चिया हातमा थमाइरहँदा निर्देशकले सुरक्षा देखेनन्, सन्ध्या देखे। उनले आफ्ना स्क्रिप्टका पात्रहरू ब्यूँतिएर जीवन बाँचिरहेको महसुस गरे।

दिन बित्दै गए। एउटा परिवारमा सदस्यहरू जसरी बस्छन्, त्यसरी नै बस्न थालेका थिए उनीहरू। त्यहीबीचमा एकदिन प्रमोदले साथीहरू लिएर गए। ‘घरमा नर्मल्ली बस्दा अस्तव्यस्तता नि मतलब हुन्न। जब मैले नयाँ मान्छे लैजान थालेँ, अस्तव्यस्तता मिलाउन उनीहरूको हतारो देखिन्थ्यो,’ प्रमोद सुनाउँछन्।

स्क्रिप्टमा सन्ध्याको विहेको कुरा लिएर एकजना लमी घर आउने कथा हुन्छ। प्रमोदले ‘लमी मामा’लाई लिएर गएका थिए। घर पुग्दा चिया सुरक्षाले बनाएर ल्याइन्। ‘कमल दाइसँग जब छोरीको हात माग्न आएको भनेर लमी मामाले भन्नुभयो। सुरक्षाले ढोकाको कुनाबाट लुकेर हेर्नुभयो,’ प्रमोद सुनाउँछन्।

०००

‘एकपटक तिमी समीरसँग डेटिङ गएको थियौ। मैले कहाँ गएको सोधेँ, तिमीले भनेनौ,’ कमलमणि ती दिन खोतल्दै छन्। 

‘तपाईँ यसरी आँखा तरेर हेर्नुहुन्थ्यो। मलाई भन्न डर लाग्थ्यो,’ सुरक्षाले कारण खुलाइन्।

‘तर भाइलाई सबै कुरा भन्थेँ नि,’ उनले फेरि थपिन्।

निर्देशक पाहुना बनेर पुग्ने घरमा आएका परिवर्तन केलाउँथे। ती परिवर्तन कसरी आए? सुरक्षा र कमलमणिबाट हामी सुनिरहेका थियौँ। 

परिवारमा कमलमणि खासै घुलमिल भएनन्। उनी प्रायः घरबाहिरै रहे। उनको क्यारेक्टर पनि त्यस्तै थियो। बरु कमलमणिको केमेस्ट्री भाइ(सुरेश शर्मा)सँग जम्थ्यो। ‘ऊ र म चाहिँ खुब मिल्थ्यौँ। हरेक रात पार्टी गर्थ्यौँ,’ कमलमणि सुनाउँछन्।

सुरक्षा छिट्टै भाइ(इफरान)सँग नजिक भइन्। ‘हामीले एक अर्काको परिवारका कथा र संघर्षबारे बतायौँ। एकअर्काको दुःख थाहा पाएपछि निकै क्लोज भयौँ,’ सुरक्षा भन्छिन्।

सुटिङका दौरान पनि सुरक्षाका प्रिय पात्र रहे इफरान। फिल्ममा पनि सन्ध्या र भाइको केमेस्ट्री जम्छ।

उनीहरू एकपल्ट पारिवारिक ट्रिपमा देवघाट पुगेका थिए। ‘ त्यतिबेला सबैले हामीलाई एउटै परिवार ठान्नुभयो,’ सुरक्षा भन्छिन्।  

०००

सुटिङ सकिएर फर्किएको निकै दिन सुरक्षाले ती दिन बिर्सन सकिनन्। सबैभन्दा बढी सम्झिइन् ‘पट्टु’लाई। सुगालाई पट्टु नाम दिइएको थियो।  ‘हामीलाई त टोक्न खोज्थ्यो। सुरक्षासँग मात्र मान्थ्यो,’ कमलमणि भन्छन्। 

सुरक्षा सुगासँगका क्षण सम्झँदा अहिले पनि भावुक हुन्छिन्। ‘मैले केही दियो भने मात्र खान्थ्यो। अरुले दिँदा खाँदैन थियो,’ सुरक्षा सम्झन्छिन्। उनले सुगालाई आफ्नै कोठामा राखेकी थिइन्।

उनी कोठामा खुला छाड्थिन् पट्टुलाई। तर ऊ उडेर कतैँ जाँदैन थियो। पट्टुलाई बिरालोबाट डर थियो। उसलाई जोगाउने जिम्मेवारी थियो सुरक्षाको।

पट्टु र सुरक्षाबीचको सम्बन्ध अनौठो किसिमको थियो। सुरुमा डराउँथ्यो। ‘हामी जनावरलाई मुर्ख भन्छौं। तर हामी मुर्ख हो। जनावर बहुत बुद्धिमानी हुन्छन्,’ सुरक्षा भन्छिन्, ‘उनीहरू जे हो त्यही एक्सप्रेस गर्छन्। पट्टुले सुरुमा मलाई विश्वास गर्न नसकेको कुरा एक्सप्रेस गरेको थियो।’

हरेदिन सुगाको ट्वाइलेट सोहोर्थिन् सुरक्षा। सोहोरेको दृश्य पट्टुले हेरिरहेको याद छ उनलाई। ‘मैले उसलाई केयर गरिरहेको छु भन्ने कुरा थाहा पाएपछि विश्वास गर्न थाल्यो,’ उनी सम्झन्छिन्।

विस्तारै पट्टु सुरक्षा सुतिरहेको बेला खुट्टानिर आएर बस्यो। केही दिनमै ऊ सुरक्षा सुतेकै साइडमा आएर सुत्न थाल्यो। ‘मेरो लागि जीवनको सबैभन्दा सुन्दर क्षणहरूमध्ये पर्छ यो क्षण। चराचुरुंगीलाई नजिकबाट चिन्दाको खुसी बेग्लै हुँदो रहेछ,’ सुरक्षा भन्छिन्।

जीवनलाई नजिकबाट बुझ्न सिकायो पट्टुले सुरक्षालाई।

सुरक्षाको इच्छा थियो, ‘सुटिङ सकिएपछि सुगा खुला आकाशमा उडोस्।’

तर पिँजडाबाट बाहिर आउँदा पनि ऊ उड्दैन थियो। ‘कम्फर्टमा बसिरहेको हुन्छ नि त। उसले आफूलाई सुरक्षित महसुस नगरेर होला,’ सुरक्षा अनुमान गर्छिन्।

‘सायद फिल्ममा पनि बालाई सन्ध्या बाहिर सुरक्षित हुन्न जस्तो लाग्थ्यो होला है,’ कमलमणि थप्छन्। ‘तर, सन्ध्या विद्रोही छ। ऊ उड्न चाहन्छे,’ सुरक्षा भन्छिन्। 

सुरक्षाले जति जति सुगाको भाषा बुझ्थिन्, आफूलाई पनि थप बुझ्न सक्थिन्। तर, बुझ्दाबुझ्दै छुट्नुपर्‍यो। मन थियो, उसलाई सँग लिएर आउने। तर, समय दिन नसकेर सुगामाथि अन्याय गर्नु थिएन सुरक्षालाई।

यो अलग दुनियाँ ‘बहाब’को लागि सिर्जना गरिएको थियो। ताकि– फिल्ममा पात्रहरूको सम्बन्ध र मनस्थिति प्रतिबिम्बित होस्।

‘हामी सफल भयौँ कि भएनौं। त्यसको परिणाम फिल्म हेरेपछि नै थाहा हुन्छ,’ प्रमोद सुनाउँछन्। 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १४:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
कंगाल करोडपति’को शुभ-मुहूर्त, बाढीपीडितलाई आर्थिक सहयोग प्रविण आचार्यको प्रस्तुतिमा निर्माण हुने फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, रक्षा थापा, हिउँवाला गौतम, चन्द्रवीर सिंह,... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्