• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असार २१, २०८३ Sun, Jul 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

भीम रावलसँग संवाद गर्न एमालेले टोली गठन गर्नुको अन्तर्य

64x64
डिबी खड्का आइतबार, चैत १९, २०७९  २०:३७
1140x725

काठमाडौं- ‘अछाम र कैलालीका विभिन्न पालिका तथा सुर्खेत र कञ्चनपुरमा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूसँग भेटघाट र छलफल गरी ३५ दिनपछि चैत १५ गते काठमाडौं आइयो। अब राष्ट्रिय राजनीति नियाल्दै र पर्गेल्दै।’

बिहीबार एमाले नेता भीम रावलले सामाजिक सञ्जालमार्फत् उल्लेख गरेका थिए। नेकपा एमालेले ‘मिसन ग्रासरुट’ चलाइरहँदा पूर्वउपाध्यक्ष रावललाई नमिसाइएपछि उनी आफ्नै ‘मिसन’मा गृहप्रदेश केन्द्रित भए। रावलले ‘राष्ट्रिय राजनीति नियाल्ने र पर्गेल्ने’ बताएको भोलिपल्ट नेकपा एमालेले उनीसँग संवाद गर्न टोली बनाएको छ। शनिबार बसेको एमाले सचिवालय बैठकले टोली गठन गरेको उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्। 

‘कमरेड भीम रावलसँग ‘संवाद गर्न’का लागि र एउटा सहमतिमा पुग्नका लागि अहिलेको मिसन ग्रासरुटको सुदूरपश्चिम प्रदेशको पार्टीको अनुगमनका लागि जानुभएका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र सुदूरपश्चिम सहइन्चार्ज कर्ण थापा रहेको टोली बनाएका छौँ’,  गुरुङले भनेका छन्।

मिसन ग्रासरुटमा सुदूरपश्चिमको नेतृत्व गरेका पौडेल र रावलको केही दिनअघि अप्रत्यक्ष नोकझोक भएको थियो। त्यही क्रममा एमाले उपाध्यक्ष पौडेलले आत्मालोचना गरेर रावलले गल्ती स्वीकार नगरे पार्टीले आवश्यक निर्णय लिने समेत बताएका थिए।

अछामको साँफेबगरमा रावलका विषयमा टिप्पणी गर्दा नाराबाजी झेलेका पौडेलले कैलाली पुगेर भनेका थिए, ‘भीम रावलजीले एउटा पार्टी सदस्य, नेताले गर्नुपर्ने कर्तव्य निर्वाह गर्नुभएको छैन। उहाँले पार्टीको निर्णय मान्नुभएको छैन। अनुशासन उल्लंघन गर्नुभएको छ। पार्टी निर्णयविरुद्ध सार्वजनिक रुपमा बोल्नुभएको छ। पार्टीलाई कमजोर पार्ने गतिविधि भइरहेका छन्। उहाँले एकपछि अर्को गल्ती गर्दै हुनुहुन्छ। कमरेड भीम रावलले आफ्ना गल्ती स्वीकार गर्नुस्, आत्मालोचना गर्नुस्। नीति, विधिलाई पालना गर्नुस्। उहाँ नसच्चिए पार्टीले उचित निर्णय लिन्छ।’

उपाध्यक्ष पौडेल काठमाडौं फर्किएलगत्तै भएको संवादको निर्णयलाई रावलले ‘सकारात्मक’ रुपमा लिएको बताए। उनले भने, ‘संवाद गर्न खोज्नु लोकतन्त्रमा एकदमै सकारात्मक कुरा हो। र, त्यही रुपमा लिँदै म कुराकानीका लागि तयार छु।’

रावलनिकट कतिपय नेताहरू भने ‘वारपार’को अस्त्रस्वरुप वार्ता टोली बनाइएको शंका गर्छन्। ‘संवाद गर्ने कुरा हेर्दा सकारात्मक छ। तर, नियत पनि सकारात्मक नै राखेर संवाद हुन्छ कि हुँदैन भन्नेमा आशंका छ। उहाँलाई पार्टीबाट बाहिर पुर्‍याउने रणनीतिका रुपमा वार्ता टोली नबनेको होस् भन्ने हाम्रो अपेक्षा हुन्छ,’ रावलनिकट एक नेता भन्छन्।

रावलनिकट मानिने अर्का एमाले केन्द्रीय सदस्यले भने पार्टीको यो कदमलाई सकारात्मक रुपमा हेरेका छन्। उनी भन्छन्, ‘मिसन ग्रासरुटका समयमा उपाध्यक्ष कमरेडले भीम रावल कमरेडको शक्ति देख्नुभएको छ। उहाँलाई पार्टीविहीन बनाउँदा हुने हानी देख्नुभएको छ। त्यसैले पार्टीमै समेट्न खोजिएको रुपमा यसलाई बुझ्न सकिन्छ।’

nimb
nimb
Ncell 2
Ncell 2

एमालेको चितवन महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध अध्यक्षमा उम्मेदवारी दिएपछि रावल पार्टीमा जिम्मेवारीविहीन छन्। सल्लाहकार सदस्यका रुपमा उनलाई राखिएको थियो। तर, रावलले सक्रिय राजनीतिमै रुचि रहेको भन्दै त्यसलाई अस्वीकार गरेका थिए।

त्यसपछि पार्टीमा भूमिकाविहीन उनले मंसिर ४ को निर्वाचनमा टिकट पाएनन्। अछाम- २ बाट उनको ठाउँमा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका झपट बोहराले चुनाव लडे र पराजित भए। यस विषयमा अछाममा पुगेर उपाध्यक्ष पौडेलले टिकट नमागेको टिप्पणी गरेका छन्। रावलले त्यसपछि विभिन्न पत्रकार सम्मेलन र अन्तर्वार्तामा खण्डन गरेका छन्। आफूले हार्ने तय हुँदाहुँदै पनि २०४८ सालमा पार्टीका लागि निर्वाचन लड्न तयार भएको समेत स्मरण गराएका छन्।

किन बनाइयो टोली?
एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संवाद टोलीले रावलसँग कुराकानी गरेर आवश्यक टुंगोमा पुग्ने र उनलाई त्यसपछि आवश्यक जिम्मेवारी दिने निर्णय गर्ने बताएका छन्। लामो समय रावललाई ‘इग्नोर’ गर्‍यो एमालेले। ‘भोकल्ड’ रावलले एमालेले लिएका विभिन्न निर्णयमा चुनौती दिइरहे। सुदूरपश्चिममा आफ्नो गुटलाई यथावत राखिरहे।

रावललाई यथास्थितिमै छाड्दा सुदूरपश्चिममा एमालेका नेताहरूलाई संगठन विस्‍तार र सुदृढीकरणमा समस्या परिरहेको छ। त्यसैमाथि सुदूरपश्चिमबाट नेतृत्व गर्ने एमालेका शीर्ष तहका नेताहरूमा एकता समेत छैन। माओवादी केन्द्रबाट एमालेमा आएका सचिव लेखराज भट्ट इञ्चार्ज छन्। उनले पहिलेदेखि नै एमाले रहेकाहरूलाई राम्रोसँग बुझ्न सकेका छैनन्।

भट्टकै कारण रावललाई किनाराकृत गरिएको भन्दै रावलनिकट नेता कार्यकर्ताले उनलाई स्वीकार्न सकिरहेका छैनन्। त्यसैमाथि एमालेको पुनःस्थापनापछि सुदूरपश्चिम इञ्चार्जको विवाद बढ्यो। अन्य प्रदेशमा पुरानै इञ्चार्जहरूलाई पुनर्बहाली गरिए पनि सुदूरपश्चिममा रावलको सट्टामा बनाइएका भट्टलाई अध्यक्ष ओलीले निरन्तरता दिए। उक्त कार्यमा एमालेका तत्कालीन सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाको जोडदार साथ समर्थन रह्यो।

केही समय भट्ट र थापा एक देखिए। तर, पछिल्लो समयमा उनीहरू दुईबीच पनि सम्बन्ध सुमधुर छैन। यसले सुदूरपश्चिममा एमाले तीन गुटमा विभाजित जस्तो देखिएको छ। सुदूरपश्चिममा पार्टीलाई लयमा ल्याउनका लागि सुरुआत रावलबाट गरिएको हो। रावलको पुनरागमन वा बहिर्गमनले मात्रै त्यहाँ एमालेको संगठन बलियो हुने मिसन ग्रासरुटका क्रममा केन्द्रीय नेताले बुझेका छन्।

अर्को, एमाले पूर्वउपाध्यक्ष रावलले एमालेमा अपहेलित भएर बस्नुभन्दा नयाँ ‘मुभमेन्ट’तर्फ लाग्नु श्रेयष्कर हुने भन्दै आफ्ना अतिनिकटस्थ नेताहरूसँग छलफल गरेका छन्। रावलनिकट मात्रै होइन, रावलइतर गुटमा रहेका तर अहिले प्रताडित सुदूरपश्चिमका केही नेता-कार्यकर्ताले उनलाई नयाँ बाटोमा हिँड्दा आफू सहयात्री बनिदिने वचन दिएका छन्। त्यस्ता नेता-कार्यकर्तालाई रावलले बितेको ३५ दिनमा उनीहरूकै गृहपालिका र जिल्लामा भेटेका छन्। जुन सूचना रावलनिकट एक नेताले एमाले उपाध्यक्ष पौडेललाई चुहाएका छन्।

‘एमालेको मिसन ग्रासरुट मन माझामाझ गर्नकै लागि हो। भीम कमरेडसँग पनि मन माझामाझ गरेकै राम्रो हुन्छ,’ पौडेल सुदूरपश्चिम पुगेको समयमा रावलनिकट ती नेताले भनेका थिए।

रावलले एकीकृत समाजवादी लगायतका पार्टीसँग छलफल गरिरहेको सूचना एमालेका नेताहरूले यसअघि नै पाएका छन्। एकीकृत समाजवादीले रावल र वर्तमान महासचिव घनश्याम भुसालसँग एकैपटक संवाद थालेको थियो। जुनकुरा गत पुस १४ गते माधव नेपालले पार्टीको जुम मिटिङमा भनेका थिए। नेपालले भनेका थिए, ‘साथीहरू पार्टीमा जोडिनेबारे कुराहरू चलिरहेको छ। घनश्यामजी आउन तयार हुनुहुन्छ। रावलजीले त भोलि नै बसौँ भनेर भन्नुभएको छ।’

रावलले नेपालसँग आफ्नो तीन मिनेटमात्रै कुरा भएको भन्दै बसेर छलफल गर्ने कुरा नगरेको भन्दै खण्डन गरेका थिए। एकीकृत समाजवादीका एक नेताका अनुसार रावलसँग छलफल भने भइनै रहेको थियो। एकीकृत समाजवादीले पार्टीमा जोडिन गरेको आग्रहमा रावलले १७ बुँदे प्रस्ताव पठाएका थिए। जहाँ पार्टीको नाम नेकपा बनाउने लगायतका प्रस्ताव रहेको एकीकृत समाजवादीका ती नेताको भनाइ छ।

उक्त प्रस्तावलाई अध्ययन गरेर थप छलफल हुने क्रम बाँकी नै रहेको छ। एकीकृत समाजवादीका तर्फबाट पनि जोडिने चाहनेका लागि संवाद गर्ने टोली तय पहिल्यै भइसकेको छ। रावलसँग छलफल गर्ने कुरा यथावत नै रहेको बताइएको छ। जुन एमाले नेताहरूलाई समेत जानकारी छ।

किनाराकृत गरेकै अवस्थामा रावल एमालेबाट बाहिरिँदा सुदूरपश्चिममा प्रभाव पर्न सक्ने एमालेको केन्द्रीय नेतृत्वले मिसन ग्रासरुटका क्रममा बुझेको छ। त्यसैले सकेसम्म रोक्ने तर, नरोकिँदा पनि प्रयास गरिएको जवाफका लागि उक्त संवाद टोली गठन गरिएको देखिन्छ।

संवाद टोलीमा रावलका ‘झगडिया’
रावलनिकट नेताहरू संवाद टोलीमा रहेका नामहरू देखेर भने सशंकित भएका छन्। रावलनिकट एक नेता भन्छन्, ‘संवाद टोलीमा भएका नेताहरूसँग रावल कमरेडको कुनै न कुनै मोडमा विवाद भएकै छ। किन यसरी टोली बनाइयो भनेर शंका गर्ने ठाउँ छ।’

उपाध्यक्ष पौडेलसँग केही दिनअघि लगातारजसो नोकझोक भयो। सचिव भट्टसँग एमाले पुनःस्थापनापछि दुरीको सम्बन्ध रहेको छ। स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र रावलको सम्बन्ध पूर्व-पश्चिम भएको वर्षौं भयो। रावलले सेती अञ्चल इञ्चार्ज भएको समयमा जिल्ला कमिटी सचिवबाट कारबाहीमा परेका थापाले केही समयअघि रावलका लागि एमालेको ढोका बन्द भइसकेको घोषणा समेत गरेका थिए।

२०७७ फागुनमा एमालेबाट सुदूरपश्चिमको संयोजक रावल कि भट्ट भन्ने विवादमा दुई पक्षबीच झडपसमेत भएको थियो। सोही क्रममा थापाले भनेका थिए, ‘यहाँ पार्टीमा बबन्डर गर्नेको आवश्यकता छैन। पार्टीका नीति नियम मान्नेको मात्रै आवश्यकता छ। पार्टीमा बबन्डर गर्नेहरूका लागि नेकपा एमालेको ढोका सधैँका लागि बन्द भइसकेको छ।’ 

रावलसँग यसपटक उनीहरूले निर्णायक संवाद गर्नेछन्। सुदूरपश्चिमबाट एमालेको केन्द्रमा रहेका एक नेता भन्छन्, ‘कि रावल कमरेडसँग खुलस्त मन माझामाझ गर्ने अवसर पाएर भट्ट र थापा कमरेडले नेतृत्व स्वीकार गर्दै सुदूरपश्चिममा एमाले बनाउँछन्। कि रावल कमरेडलाई पार्टीबाट धकेल्छन्। त्यस्तो भयो भने सुदूरपश्चिममा एमालेले अर्को चरण क्षति बेहोर्नुपर्छ।’

प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  २०:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन प्रमुख प्रतिपक्ष दलसहित अन्य प्रतिपक्षी दलले बैठक बहिष्कार गरेपछि स्थगित भएको बैठक मुख्यमन्त्री आचार्यले प्रतिपक्षले उठाएका विषयमा स... आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको सरकारको सय दिने कामको समीक्षात्मक कार्यक्रममा बोल्दै सभापति थापाले यस्तो आरोप लगाएका हु... आइतबार, असार २१, २०८३
चिनियाँ उपमन्त्री यान नेपाल आउँदै काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा चीनका वाणिज्य उपमन्त्री यान दोङ सोमबार नेपाल भ्रमणमा आउन लागेका छन्। अर्थ मन्त्रालयको... आइतबार, असार २१, २०८३
ताजा समाचारसबै
डाइभर्सन बगाएपछि बीपी राजमार्गको काभ्रे सडक खण्ड अवरुद्ध आइतबार, असार २१, २०८३
छुटेका योजना समेट्ने मुख्यमन्त्रीको आश्वासनपछि लुम्बिनी प्रदेश सभा बैठक सञ्चालन आइतबार, असार २१, २०८३
कोरला सडकलाई पर्यटकीय राजमार्गका रूपमा विकास गर्ने सरकारको योजना आइतबार, असार २१, २०८३
नेतान्याहुसँगको सम्बन्धबारे ट्रम्पले भने–उनलाई थाहा छ, बोस को हो? आइतबार, असार २१, २०८३
सरकारले परिणाम दिने नाउमा विधि र प्रक्रिया विपरीत काम गरिरहेको छ : सभापति थापा आइतबार, असार २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना आइतबार, असार २१, २०८३
विमलेन्द्र निधि भेट्न निवासमै पुगे शेखर शनिबार, असार २०, २०८३
यस्ता छन् वालेन्द्र नेतृत्वको सरकारका एक सय दिने उपलब्धि शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ जना उपसचिवको सरुवा, को कहाँ ?[सूचीसहित] शनिबार, असार २०, २०८३
विश्वकप समूह चरणको खेल सकियो, यी हुन् नकआउट चरणमा पुग्ने ३२ टोली आइतबार, असार १४, २०८३
कुनै पनि त्रुटिका कारण सरकारी जग्गा व्यक्तिको नाममा कायम हुन नसक्ने सर्वोच्चको व्याख्या सोमबार, असार १५, २०८३
विश्वविजेता भारतविरूद्ध आयरल्याण्डकाे ऐतिहासिक क्लिनस्वीप सोमबार, असार १५, २०८३
कर्णालीमा खसेको फोर्स गाडीमा सवार पाँच जनाको सनाखत शनिबार, असार २०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्