फाइल तस्बिर।
काठमाडौं- कांग्रेस परित्याग गरेर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ- १ को उपनिर्वाचनमा उम्मेदवार बनेका डा स्वर्णिम वाग्लेले नेपाल बनाउन ढिला भइसकेको बताएका छन्।
शनिबार रास्वपाको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ‘सेन्स अफ अर्जेन्सी’ले नै आफूहरूलाई महाअभियानमा होमिन र यहाँ (रास्वपामा) उपस्थित बनाएको बताए।
वाग्लेले समयसीमा नै तोकेर डेलिभरीको राजनीतिमा लाग्नुपर्ने बताए। वाग्लेले आजैदेखि नेपाल बनाउने महाअभियानमा होमिएको र आफूले घोषणा गरेको बताए।
उनले नेपालको जनसंख्याको बनोटको कारणले पनि नेपालको विकास गरिहाल्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।