फाइल तस्बिर।
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट बारा- २ को उम्मेदवार रमेश खरेलले नेपाल आमालाई माया गर्नेहरूलाई कोठामा मात्रै नबस्न र फिल्डमा आउन आग्रह गरेका छन्।
शनिबार पार्टीका कार्यालय बसुन्धरामा आयोजित पत्रकार सम्मेलनमा उनले देशमा रहेको सिन्डिकेट अन्त्य गर्नुपर्ने भएकाले शान्तिपूर्ण रुपमा लाग्नुपर्ने बताए।
‘अहिले नेपाल आमा रोइरहेकी छिन्। नेपाल आमालाई अप्ठ्यारो भइरहेको छ। यस्तो बेलामा आफ्नो राष्ट्रका लागि हामीले नयाँ शिराबाट एक ठाउँमा उभिन सकेनौँ भने देशमा व्याप्त कुशासनलाई चिर्न सक्दैनौँ’, उनले भने।
उनले प्रहरीमा छँदाको आफ्नो अनुभवले सिन्डिकेट तोड्न नसकिएसम्म सुशासन कायम गर्न नसकिने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।