काठमाडौं– आगामी बैशाख १० गते हुने उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तीन जना उम्मेदवारले पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन्।
रास्वपाका चितवन–२ का उमेदवार रवि लामिछाने, तनहुँ–१ का उमेदवार स्वर्णीम वाग्ले र बारा–२ का उमेदवार रमेश खरेलले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन्।
पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार अपराह्न ४ बजे हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।