काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिटरब्याज पीडितहरुसँग भेट्ने भएका छन्। शनिबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटरमा प्रधानमन्त्रीसँग भेट्नका लागि मिटर ब्याज पीडितहरुलाई बोलाइएको छ।
शुक्रबार बिहान गृहमन्त्रालयमा मिटरब्याज पीडित र सरकारी टोलीको वार्तापछि प्रधानमन्त्रीले साँझसम्म भेट्ने जानकारी गराएका थिए। तर मन्त्रिपरिषद् विस्तार र अन्य काममा प्रधानमन्त्री व्यस्त भएका कारण शुक्रबार भेट भएन।
भोलि बिहान ८ बजे भने प्रधानमन्त्रीले पीडितलाई भेटका लागि बालुवाटारमा बोलएका छन्। दुईपटकसम्म गृहमन्त्रालयको टोलीले वार्ता गरे पनि सहमति भने हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।