काठमाडौं– नवनियुक्त उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठनको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने भएका छन्।
मिटरब्याज समस्या समाधानका लागि सर्वाधिकार सम्पन्न आयोग गठनको निर्णय गर्दै उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय भएको गृहमन्त्री श्रेष्ठका स्वकीय सचिव विजय गौतमले जानकारी दिए।
मधेस प्रदेश लगायतका ठाउँहरुमा मिटरब्याजमा धरै मानिसहरु आक्रान्त बनेका छन्। उनीहरु आन्दोलन गर्दै पटक–पटक काठमाडौं आए पनि मागहरु सम्बोधन हुन सकेका छैनन्।
अब दीर्घकालीन समाधानको उदेश्यसहित आयोग नै गठन गर्ने तयारीसहित प्रस्ताव लैजान लागिएको गृहले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।