काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार सातौंपटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। अझै पाँच मन्त्रालय मन्त्रीविहीन रहेको मन्त्रिपरिषद् १७ सदस्यीय बनेको छ।
मन्त्री परिषद्मा प्रधानमन्त्री प्रचण्डपछि उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का दोस्रो वरीयतामा छन्। उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ तेस्रो वरीयतामा रहेका छन्।
अर्थ मन्त्रालयको जिम्मेवारी पाएका प्रकाशशरण महत भने सातौं वरीयताका मन्त्री बनेका छन्। उनीभन्दा अघि एकीकृत समाजवादीबाट कृषिमन्त्री बनेका बेदुराम भुसाल, जसपाबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका अशोक राई र लोसपबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका शरतसिंह भण्डारी रहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।