काठमाडौं– कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। शुक्रबार प्रदेश सभाको नवौं बैठकबाट उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टीबाहेक सबै दलले विश्वासको मत दिएका छन्।
केन्द्रमा प्रतिपक्षमा बसेको एमालेले प्रदेशमा भने विश्वासको मत दिएको छ। कर्णाली प्रदेशमा एमाले र माओवादीको संयुक्त सरकार रहेको छ। प्रदेशमा प्रतिक्षमा बसेको कांग्रेसले पनि शर्मालाई विश्वासको मत दिएको छ।
केन्द्रमा विश्वासको मत दिदाँ ढोक्सा थापेको चर्चा भइरहँदा एमालेले पनि कर्णालीमा ढोक्सा थापेको छ। सत्ता गठबन्धनभित्रका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, एकीकृत समाजवादी र स्वतन्त्र सांसदले पनि मत दिए।
मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको थियो। विपक्षमा १ मत मात्रै पर्यो। राप्रपाले मात्र मुख्यमन्त्रीको विपक्षमा मतदान गरेको हो।
शर्मालाई माओवादीको १३, कांग्रेसको १४, एमालेको ९, समाजवादीको १ र एक जना स्वतन्त्र सांसदले विश्वासको मत दिए। माघ ६ मा एमालेको सर्मथनमा उनी मुख्यमन्त्री भएका थिए। राप्रपाले समर्थन फिर्ता लिएपनि उनले दोस्रो पटक विश्वासको मत लिने निर्णय प्रदेश सभामा पेस गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।