काठमाडौं– भ्रष्टाचारविरुद्ध कठोरताका साथ उत्रिने उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन्। गृहमन्त्रालयको जिम्मेवारी सम्हालेपछि मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन्।
‘कुनै पनि कोणबाट भ्रष्टाचारको प्रक्रिया सहन गरिने छैन। यसमा आफू भ्रष्टारबाट मुक्त हुने। नियन्त्रणका लागि जति भूमिका खेल्नुपर्ने हो त्यसमा भूमिका खेल्ने छौं’, मन्त्री श्रेष्ठले भने।
त्यसैगरी अपराध नियन्त्रणमा पूर्ण जिम्मेवारीका साथ काम गरिने पनि उनले बताए। ‘लोकतान्त्रिक समाजमा हामीले अपराधलाई छुट दियौं भने त्यो अराजकमतामा परिणत हुन्छ,’ मन्त्री श्रेष्ठले भने, ‘अपराधलाई कुनै पनि हालतमा छुट दिने छैनौं। यो हाम्रो प्राथमिक काम हो। अपराधमा मोलाहिजा, उदार र सम्झौता हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।