काठमाडौं– प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डले शुक्रबार पछिल्लो तीन महिनाको अवधिमा सातौंपटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्।
पुस १० गतेको बनेको नयाँ गठबन्धन भत्काएर फेरि पुरानै गठबन्धनमा सहभागी भएका प्रचण्डले कांग्रेस, समाजवादीलगायतका दलहरुलाई लिएर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
लामो समयदेखि १६ वटासम्म मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्दै आएका प्रचण्डको मन्त्रीमण्डल आजदेखि १८ सदस्यीय भएको छ। तर नयाँ मन्त्रीमण्डलमा भने अधिकांश पटकपटक मन्त्री भएकाहरुकै अनुहार देखिन्छ।
केही भने नयाँ छन्। प्रधानमन्त्रीसहित १८ सदस्यीय मन्त्रीमण्डलमा जम्मा तीन जना मात्र महिला मन्त्री रहेका छन्। नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ, माओवादीबाट यसअघि नै सञ्चार मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएकी रेखा शर्मा र सिता गुरुङ रहेका छन्।
तर महिला मन्त्रालयको जिम्मेवारी भने पुरुषलाई दिइएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी महिन्द्र राय यादवले पाएका छन्।
समावेशीताको अधिकार प्रदान गर्न आफूबाहेक अरु कसैले नसक्ने दाबी गर्दै हिँड्ने प्रचण्डको मन्त्रीमण्डलमा दलित प्रतिनिधिको उपस्थित भने शून्य रहेको छ। अर्थात १८ सदस्यीय मन्त्रीमण्डलमा एक जना पनि दलित मन्त्री छैनन्।
सातौं पटकको मन्त्रीमण्डल विस्तारमामा एक जना पनि दलितलाई अवसर नदिएकाले समाजिक सञ्जालतिर प्रधानमन्त्री प्रचण्डको चर्को आलोचना भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।