काठमाडौं– पुष्पकमल दाहाल प्रचण्डको सरकारमा भौतिक मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ गृहमन्त्री बनेका छन्।
आज प्रधानमन्त्री प्रचण्डले गरेको मन्त्रिपरिषद् विस्तारमा उनलाई उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारी दिएको हो। उनले सम्हाल्दै आएको भौतिक मन्त्रालय भने नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले पाएका छन्।
यसअघि मन्त्री श्रेष्ठले पत्रकार सम्मेलन गर्दै भौतिक मन्त्रालयमा आफूले तीन महिनाको अवधिमा गरेका कामबारे जानकारी दिएका थिए। पुस १० गते भएको मन्त्रिपरिषद् विस्तारमा गृह मन्त्रालय पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले सोही मन्त्रालय माग गरेको थियो।
साविककै मन्त्रालयमा अडान लिए पनि नपाएपछि रास्वपा सरकारमा सहभागी भएको छैन। यस्तै राष्ट्रिय जनमत पार्टी पनि आजै सरकारबाट बाहिरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।