काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सरकारले पूर्णता पाउने बताएका छन्।
राष्ट्रिय कर्मचारी संगठन निजामतिको महाधिवेशनमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्। यस्तै, सरकारले पूर्णता पाएपछि आफ्नो ध्यान आर्थिक समृद्धिमा केन्द्रित हुने बताएका छन्।
‘आज सरकारले पूर्णता प्राप्त गर्दै छ। हामी ३ बजे शपथ ग्रहण गरि सकेपछि हाम्रो ध्यान यो देशमा आर्थिक समृद्धिको हिसाबले केही ऐतिहासिक रेकर्ड बनाएर जानुपर्छ भन्नेमा म प्रतिबद्ध छु,’ प्रधानमन्त्रीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।