काठमाडौं- उद्योग वा कृषिमध्ये एक मन्त्रालयको दाबी गर्दै आएको जनमत पार्टीले ती मन्त्रालय नपाएको खण्डमा सरकारबाट बाहिरिने भएको छ।
हाल जनमतबाट अब्दुल खान खानेपानी मन्त्रीको रुपमा सहभागी छन्। खानेपानी मन्त्री खानले उद्योग वा कृषि मन्त्रालय जनमत भागमा नआएपछि राजीनामा दिन प्रधानमन्त्री निवास बालुवटार पुगेका छन्। जनमत पार्टी कार्यालयका अनुसार पार्टी अध्यक्ष सिके राउतको निर्देशन अनुसार मन्त्री खान राजीनामा दिन गएका हुन्।
जनमत पार्टीले सुरुदेखि नै खानेपानी मन्त्रालयप्रति असन्तुष्टि जनाउँदै आएका थिए। तर मन्त्रिपरिषद् विस्तारको क्रममा समेत उद्योग मन्त्रालय नपाएपछि जनमत सरकारबाट बाहिरिन लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।