काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौंपटक मन्त्री परिषद् विस्तार गर्ने तयारी गरेका छन्। तर, यसपटक पनि पाँच मन्त्रालय मन्त्री नपाउने भएका छन्।
दलहरुको आन्तरिक विवाद नमिल्दा केही मन्त्रालय खाली राखेर सपथ गराउने तयारी गरिएको छ। मन्त्री नपाउने मन्त्रालयहरुमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय खाली रहनेछन्।
खाली रहने यी मन्त्रालय तत्काली प्रधानमन्त्री प्रचण्डसँगै रहनेछन्। यसअघि उनले १६ मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।