काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातौं पटक मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। पुस १० गते प्रधानमन्त्री भएका प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरे पनि अझै पूर्ण भने नहुने भएको छ।
सुरुमा एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले राष्ट्रपति निर्वाचनपछि गठबन्धन फेरेर नेपाली कांग्रेससहितको गठबन्धनमा आएका थिए। योसँगै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपा सरकारबाट बाहिरिएका थिए।
शुक्रबार ३ बजे नयाँ मन्त्रीका लागि सपथको समय राष्ट्रपति कार्यालयले तोकेको छ। तर दलहरु मन्त्री बनाउने सूची टुंग्याउने अन्तिम कसरतमै छन्। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले नै पूर्ण नाम पठाउन सकेको छैन भने अन्य दलहरु पनि छलफलमै छन्। हालसम्म नेपाली कांग्रेसले ४, एकीकृत समाजवादी २, जसपा १, लोसपा १, नागरिक उन्मुक्ति १ र नेपाल समाजवादी पार्टीले १ मन्त्रीको नाम टुंग्याएका छन्। संविधानमा २५ सदस्यीय मन्त्रीपरिषद् बनाउने अधिकार दिइएको छ।
कसलाई कुन मन्त्रालयको जिम्मेवारी?
पूर्णबहादुर खड्का- उपप्रधान तथा रक्षा
प्रकाशशरण महत- अर्थ
रमेश रिजाल- उद्योग वाणिज्य तथा आपूर्ति
सीता गुरुङ- शहरी विकास
नारायणकाजी श्रेष्ठ- उपप्रधान तथा गृह
शक्ति बस्नेत- ऊर्जा, जलस्रोत तथा सिंचाइ
रेखा शर्मा- सञ्चार तथा सूचना प्रविधि
सुदन किराँती- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
अमनलाल मोदी- संघीय मामिला तथा सामान्य प्रशासन
बेदुराम भुसाल- कृषि तथा पशुपंक्षी विकास
प्रकाश ज्वाला- भौतिक पूर्वाधार तथा यातायात
अकोश राई- शिक्षा, विज्ञान तथा प्रविधि
शरतसिंह भण्डारी- श्रम, रोजगार तथा सामाजिक सुरक्षा
रञ्जिता श्रेष्ठ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
महिन्द्र राय यादव- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
अब्दुल खान- खानेपानी तथा सरसफाइ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।