काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारको लागि नाम मागेपछि जसपा र नागरिक उन्मुक्ति पार्टीले नाम पठाएका छन्।
जनता समाजवादीवाट वरिष्ठ उपाध्यक्ष अशोक राईलाई शिक्षा मन्त्रीको रुपमा सिफारिस गरिएको एक नेताले बताए। जसपाले २ मन्त्रीको जिम्मेवारी पाए पनि एक जनाको मात्र नाम सिफारिस गरेपछि पहिलो चरणमा राईले मात्र सपथ लिने भएका छन्।अर्को बन मन्त्रालयको जिम्मेवारी पाए पनि दलभित्र नाम टुङ्गो लाग्न सकेको छैन।
त्यस्तै एक मन्त्रालय पाएको नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पठाउने भएको छ। श्रेष्ठले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउने भएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।