काठमाडौं- मन्त्रिपरिषदमा सहभागीहरुको छनोटलाई लिएर नेपाली कांग्रेसमा विवाद देखिएको छ। सभापति शेरबहादुर देउवाले एकलौटी मन्त्रीहरुको नाम सिफारिस गरेको भन्दै शेखर कोइराला पक्षले त्यसमाथि आपत्ति जनाएको छ।
शुक्रबार बिहान नेता कोइरालासहित उपसभापति धनराज गुरुङ, महमन्त्री गगन थापासहित सहमहामन्त्रीहरु बद्री पाण्डे र जीवन परियारको उपस्थितिमा भएको बैठकले सभापति देउवाले आफ्नो पक्षलाई सम्मानजनक संख्या नदिए सरकारमै सहभागी नहुने चेतावनी दिएका छन्।
८ वटा मन्त्रालय पाएको कांग्रेसमा शेखर पक्षले तीन वटा मन्त्री पाउनुपर्ने दावी गरेको छ। सभापति देउवाले शेखर पक्षलाई दुई मन्त्री दिने निर्णय गरेको छ।
सभापति देउवालाई आफूहरुको निर्णयबारेमा जानकारी गराएको शेखर पक्षले आज प्रधानमन्त्री प्रचण्डलाई आफ्नो निर्णयबारे जानकारी गराएको छ। छन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।