धनगढी- नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले प्रतिपक्षी दलको अनुपस्थितिमा विवादित कार्य गरिररहेको आरोप लगाएका छन्। प्रेस चौतारी कैलालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले प्रतिपक्षको सहभागिता बिनै सरकारले विवादित कानुनहरू फाष्ट ट्र्याकबाट ल्याउने कार्य गरिरहेको बताए।
उनले नेकपा एमालेलाई नकारेर देश अघि बढ्न नसक्ने दाबी गरे। ‘नेकपा एमालेलाई नकारेर देश अघि बढ्न सक्दैन,’ पौडेलले भने, ’यो कुरा जनतालाई त थाहा छ तर सरकारलाई थाहा छ कि छैन ?’
पूर्वअर्थमन्त्री पौडेलले सरकारका गतिविधिले आफू प्रतिपक्षमा रहेको बताए। ‘हामीसँग गठबन्धन गरेर पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुनुभयो। हामीबीच विभिन्न सहमति पनि भए तर ती सहमति कार्यान्वयन नगरेर उहाँ फेरि पुरानै गठबन्धनमा फर्किनुभयो। उहाँले फेरि विश्वासको मत लिएर प्रधानमन्त्री हुनुभएको छ।’
यो सरकार जसरी अघि बढिरहेको छ, यसले डरलाग्दो राजनीतिक घटनाक्रम अघि बढाएको उनको दाबी थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।