फाइल तस्बिर काठमाडौं– सत्तारुढ दलहरुले न्यूनतम साझा कार्यक्रम करिब टुंग्याएका छन्। सत्ता गठबन्धनको न्यूनतम कार्यक्रममा संक्रमणकालीन न्यायदेखि जनतालाई राहतका कार्यक्रम ल्याउनेसम्म छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टी गरी १० दलले सरकारको प्राथमिकताको काम उल्लेख गरेर न्यूनतम साझा कार्यक्रममा सहमती जनाएको छ।
न्यूनतम साझा कार्यक्रममा २ वर्षभित्र संक्रमणकालीन न्यायसम्बन्धी काम सक्ने भनिएको छ। सरकारी सेवा लिन लाग्ने समय एक तिहाईले घटाउने दाबी गरिएको छ।
त्यस्तै कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यवसायिकरण गरी गरीबी निवारण गर्न कृषि फार्म, कन्ट्राक्ट खेती र सहकारी खेतीमा जोड दिने भनिएको छ।
कृषिमा अनुदानको व्यवस्था गर्ने र प्रत्येक किसानलाई खेतीका लागि आवश्यक मल तथा उन्नत बीउ विजन समयमै उपलब्ध गराउने कार्यक्रममा भनिएको छ।
कृषि व्यवस्था गरी जोखिमलाई न्यूनीकरण गर्ने र प्राविधिक शिक्षा, सिंचाइ, कृषि बजार र कृषि खरीदको सुनिश्चितालगायतको व्यवस्था गर्ने कार्यक्रमा भनिएको छ।
यस्तो छ विस्तृत कार्यक्रम
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।