• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ १९, २०८३ Fri, Sep 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

राष्ट्रपतिलाई ‘सल्लाहकार’ किन?

64x64
किशोर दहाल बिहीबार, चैत १६, २०७९  १७:४०
1140x725

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले हालै दुई विज्ञ नियुक्त गरेको समाचार सार्वजनिक भएको छ। चलनचल्तीको भाषामा सल्लाहकारहरु भनिने कानुनी विज्ञमा बाबुराम कुँवर र आर्थिक विज्ञमा चिरञ्जीवी नेपाललाई नियुक्त गरेका हुन्। यसअघि परराष्ट्र मामिलासमेत हेर्नेगरी प्रमुख स्वकीय सचिवमा सुरेशचन्द्र चालिसेलाई नियुक्त गरिएको थियो।  यसैगरी निजी सचिवालयमा पनि केही सदस्यहरु नियुक्त गरिएका छन्। केही समयको अन्तरालमा थप विज्ञ र सचिवालय सदस्यहरु नियुक्त हुने निश्चितप्रायः छ। 

लामो समयदेखि उठिरहेको प्रश्न भने यो नियुक्तिको ठीक विपरीत छ। प्रश्नकर्ताहरुको जिकिर हुन्छ- राष्ट्रपतिलाई सल्लाहकार (विज्ञ) नै चाहिँदैन। राष्ट्रपति संवैधानिक पद भएको र उसले मुख्यगरी प्रधानमन्त्रीको निर्णयलाई अनुमोदन गरेर वैधानिकता दिने भएकाले थप सल्लाहकार नचाहिने उनीहरुको तर्क पाइन्छ।

चैत १२ गतेको प्रतिनिधि सभा बैठकमा एमालेका सांसद रघुजी पन्तले यही विषयलाई जोड दिएका थिए। उनको भनाइ थियो, ‘भारतमा राजेन्द्रप्रसाददेखि द्रौपदी मुर्मुसम्म आइपुग्दा १५ जना राष्ट्रपति भए। तर कसैले पनि सल्लाहकार राखेको भेटिँदैन। किनभने त्यो संसदीय व्यवस्था हो। संसदीय व्यवस्थामा राष्ट्रपतिको सल्लाहकार भनेकै प्रधानमन्त्री हो। क्याबिनेट हो।’

गणतन्त्र आएदेखि नै गडबड सुरु भएको पन्तको तर्क छ। राजाको प्रमुख संवाद सचिवालय, सैनिक सचिवालय, परराष्ट्र मामिलाका सचिवालय गरी ५/६ वटा सचिवालय भएको जस्तै राष्ट्रपतिको पनि सचिवालय सुरु गरिएको उनको भनाइ छ।

कुनै कार्यकारी अधिकार नहुने भनिएको राष्ट्रपतिको सहयोगका निम्ति ब्युरोक्रेसीको संरचना पनि हुन्छ। त्यसअन्तर्गत राष्ट्रपति कार्यालयमा काम भइरहेको पनि हुन्छ। त्यसैले पनि छुट्टै विज्ञहरुको समूहको औचित्यमाथि प्रश्न उठ्ने गरेको छ। 

राष्ट्रपति विद्यादेवी भण्डारीका प्रेस विज्ञ रहेका टीका ढकाल राष्ट्रपतिलाई विज्ञ चाहिन्छ वा चाहिँदैन भन्ने विषयलाई दुई कोणबाट हेर्नुपर्ने बताउँछन्। पहिलो, संविधानमा राष्ट्रपतिको भूमिका के छ? त्यसका लागि उनलाई विज्ञ चाहिन्छ वा चाहिँदैन?

‘संविधानमा रहेको भूमिका निर्वाह गर्नका लागि राष्ट्रपतिलाई आफ्नै टिममा, चाहेको समयमा उपलब्ध हुने विज्ञता आवश्यक पर्छ कि पर्दैन भनेर हेर्ने हो भने त्यस किसिमको विज्ञता चाहिन्छ’, उनले भने, ‘राष्ट्रपतिलाई जुनसुकै समयमा पनि महत्त्वपूर्ण विषयहरुमा, देशका समसामयिक विषयमा, राज्यसंयन्त्रको सञ्चालनको सन्दर्भमा सुझाव र सल्लाह आवश्यक पर्छ।’

राष्ट्रपतिको प्रमुख सल्लाहकार प्रधानमन्त्री नै भएता पनि दुईबीच सधैंभर भेट हुन सक्दैन र सधैं खुलेर संवाद पनि हुन सक्दैन। कतिपय अवस्थामा राष्ट्रपति र प्रधानमन्त्रीको राजनीतिक पृष्ठभूमिले पनि फरक पार्ने गर्छ। ढकाल भन्छन्, ‘हाम्रोमा सरकारहरु अस्थिर हुने गरेका छन्। जसले गर्दा प्रधानमन्त्री पनि बारम्बार परिवर्तन हुने गरेका छन्। हरेक प्रधानमन्त्रीका सोच र शैली र तौरतरिकाहरु हुन्छन्। त्यसैले राष्ट्रपतिलाई आवश्यकता अनुसार विज्ञता चाहिने हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

दोस्रो, हाम्रो कानुनी प्रबन्धमा के छ? कानुनले नै विज्ञ नियुक्त गर्न सुविधा दिएकाले सोही अनुसार गर्न सकिने ढकालको भनाइ छ।  ‘राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४’ को दफा १३ मा राष्ट्रपतिले आफ्नो पदीय काममा सहयोग पुर्‍याउन बढीमा सातजना विज्ञ नियुक्त गर्न पाउने उल्लेख गरिएको छ। त्यस्तै, निजी सचिवालयमा १९ जना सदस्य नियुक्त गर्न पाउने व्यवस्था पनि सोही ऐनमा छ। पन्त भने राष्ट्रपतिले विज्ञहरु राख्न पाउने कानुन नै संशोधन गर्नुपर्ने बताउँछन्।

यसअघि राष्ट्रपति विभिन्न विषयमा विवादमा पर्ने गरेका छन्। राष्ट्रपतिले नियुक्त गरेका विज्ञहरुकोसमेत सल्लाहमा राष्ट्रपतिले विवेक प्रयोग गर्ने गर्दा विवादमा पर्ने गरेको भनेर आलोचना हुने गरेको छ। जसले गर्दा राष्ट्रपति संस्था ‘पावर सेन्टर’ बन्दै गएको त्यस्तो धारणा राख्नेहरुको तर्क हुने गर्छ।

‘राष्ट्रपतिलाई छुट्टै ‘पावर सेन्टर’को रुपमा हामीले अगाडि बढाउने कानुनी प्रावधानहरु राख्यौं भने यसले हाम्रो संसदीय प्रणालीलाई कमजोर बनाउँछ’, पन्तको भनाइ छ, ‘त्यसैले राष्ट्रपतिको सल्लाहकार भनेको, नियमित सरसल्लाह गर्ने संस्था भनेको प्रधानमन्त्री र क्याबिनेट हो।’

राष्ट्रपतिको मुख्य सल्लाहकार प्रधानमन्त्री नै भएकोमा यस प्रणालीका पक्षधरहरु सहमत छन्। तर, त्यो प्रक्रिया भने सहज रुपमा अघि बढेको पाइँदैन। नेपाल लाइभलाई अघिल्लो महिना दिएको अन्तर्वार्तामा संविधानविद् विपिन अधिकारीले हामीकहाँ प्रधानमन्त्रीहरुले राष्ट्रपतिलाई सहयात्रीका रुपमा लिनै नसकेको बताएका थिए। ‘उनीहरुमा राष्ट्रपति सेरेमोनियल हो, शक्ति मसँग छ भन्ने भयो। जो सरासर गलत हो', उनको भनाइ थियो।

राष्ट्रपतिलाई कसरी प्रयोग गर्ने भन्नेमा प्रधानमन्त्रीको पनि रणनीति चाहिने अधिकारीको भनाइ थियो। भनेका थिए, ‘जतिबेला प्रधानमन्त्रीको व्यक्तित्व त्यति काम लाग्दैन, त्यतिबेला राष्ट्रपतिको काम लाग्न सक्छ। प्रधानमन्त्रीले राष्ट्रपतिलाई त्यसकै लागि प्रयोग गर्न सक्छन्।’

कसरी हुन सक्छ त संवाद र सहकार्यको प्रक्रिया? त्यसका लागि संविधानको धारा ८१ को व्यवस्थालाई उल्लेख गर्नु सान्दर्भिक हुन्छ। सो धारामा प्रधानमन्त्रीले मन्त्रिपरिषदका निर्णय, संघीय संसदमा पेश गरिने विधेयक, नेपालको समसामयिक परिस्थिति र वैदेशिक सम्बन्धका विषयमा राष्ट्रपतिलाई जानकारी गराउने उल्लेख छ।

ढकाल भन्छन्- ‘संविधानको धारा ८१ को पालना गर्नुपर्छ भन्ने बोध भएका प्रधानमन्त्री पर्नुभयो भने राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा नियमित छलफल हुन्छ। नत्र हामीसँग राष्ट्रपतिले नचाहेसम्म वा ‘आउनुस् भेट गरौं’ नभनेसम्म भेट नै नहुने स्थिति छ। यो खालको ‘कम्युनिकेसन ग्याप’ उपयुक्त होइन। नियमित भेटघाट र छलफल हुनुपर्ने परिकल्पना संविधानले गरेको छ।’

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  १७:४०
  • #राष्ट्रपति रामचन्द्र पौडेल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नुवाकोटका बाढी प्रभावितको अवस्था, अस्थायी तथा स्थायी... शुक्रबार, भदौ १९, २०८३
प्रधानमन्त्री भन्छन्– विपत्तिमा धैर्यको परीक्षा हुन्छ प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन्। शुक्रबार, भदौ १९, २०८३
बालेन अमेरिका जान लागेका हुन् ? अमेरिकाको न्युयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री शाह जान लागेको बताइएको छ । बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवित उद्धार गरियो शुक्रबार, भदौ १९, २०८३
शाेक मनाउने सरकारी निर्णयप्रती रास्वपा नेताबाटै विराेध शुक्रबार, भदौ १९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, भदौ १९, २०८३
भोटेकोशी बाढी : १ हजार २९० शव फेला, ४ हजार ७९८ बेपत्ताको खोजी जारी शुक्रबार, भदौ १९, २०८३
नुवाकोटका बाढीपीडितको पुनस्र्थापनाबारे मन्त्री रावलद्वारा जनप्रतिनिधिसँग छलफल शुक्रबार, भदौ १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुई आईजीपीबीच किन भयो बोलचाल बन्द ? बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्