काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा पठाउने मन्त्रीको नाम छनोट गर्ने अधिकार अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ।
आज बसेको बैठकले अध्यक्ष यादवलाई नै सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्ने जिम्मेवारी दिएको हो।
संसदीय दल र कार्यकारिणी समितिको बैठकले उक्त जिम्मेवारी अध्यक्षय यादवलाई दिएको जसपाले बताएको छ। साथै मन्त्रीको नाम छनोट गर्दा सन्तुलन मिलाउन पनि आग्रह गरिएको छ।
विस्तार हुन लागेको मन्त्रिपरिषद्मा जसपाले दुईवटा मन्त्रालय पाएको छ। जसपाको भागमा शिक्षा र कृषि मन्त्रालय परेका छन्।
दुवै मन्त्रालयका लागि बेलुकासम्म अध्यक्ष यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष नाम पठाउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।