काठमाडौं– आगामी बैशाख १० गते हुने उप–निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत तोकेको छ। न्याय परिषद्को परामर्शमा आयोगले बिहीबार मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको हो।
चैत १८ गतेदेखि आचारसंहिता लागू हुनेगरी चितवन क्षेत्र नं. २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश वासुदेव न्यौपाने मुख्य निर्वाचन अधिकृत नियुक्त भएका छन्।
यस्तै बारा क्षेत्र नं. २ का लागि सोही जिल्लाका जिल्ला न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नं. १ का लागि कोमलप्रसाद आचार्य नियुक्त भएका छन्।
मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै आयोगले अब निर्वाचन सम्बन्धी गतिविधि गर्ने भएको छ। चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। उप–निर्वाचनका लागि यही चैत २० गते उम्मेदवारीको मनोनयनपत्र दर्ता कार्यसूची रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।