काठमाडौं- सत्ता गठबन्धनका बीचमा मन्त्रालय भागबन्डा टुङ्गिएको छ। हालसम्मको सहमतिमा नेपाली कांग्रेसले ८‚ नेकपा माओवादी केन्द्रले ५‚ एकीकृत समाजवादी पार्टीले २, जसपा २, लोसपा १ पाउने भएको भएका छन्।
गठबन्धनको ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा‚ सहरी विकास‚ भूमि व्यवस्था‚ सामान्य प्रशासन‚ स्वास्थ्य र कानुन मन्त्रालय मन्त्रालय पाउने सहमति भएको छ।
माओवादीले उपप्रधानसहित गृह‚ ऊर्जा‚ सञ्चार‚ पर्यटन र महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाउने भएको हो। एकिकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ।
नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय‚ जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय‚ नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय‚ कृषि तथा पशुपन्छी मन्त्रालय‚ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको सहमति भएको छ।
यी मन्त्रालयमा सके सवै नभए केही मन्त्रालयमा आजै सपथ गराउने प्रयासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेका छन्। अन्तिम समयमा केही मन्त्रालय हेरफेर पनि हुन सक्ने स्रोतले बतायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।