काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसको जित सुनिश्चित रहेको दाबी गरेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको संसदीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई बैशाख १० को उपनिर्वाचनमा उम्मेदवार बनाउने नर्णय गरसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले विगतमा झैँ यसपटक पनि कांग्रेस नै विजयी हुने दाबी गरे।
उनले यसपटक विगतकोभन्दा धेरै मत ल्याउने गरी काम थाल्ने पनि बताए। नेता भट्टराईले गठबन्धनका दलहरु एक भएर चुनावमा प्रतिष्पर्धा गर्ने जानकारी दिए।
उनले भने, ‘तनहुँ १ मा नेपाली कांग्रेसकै जित सुनिश्चित छ। यसै पनि त्यो क्षेत्र नेपाली कांग्रेसले नै जितको क्षेत्र हो। अहिले पनि हामी गठबन्धनमा छौं, विगतमा प्राप्त मतभन्दा बढी मत थप्न अहिले जति प्रतिष्पर्धी साथीहरु हुनुहुन्थ्यो। टिकट लिनका लागि उहाँहरु र पार्टीको पूरा स्टक्चर र गठबन्धनका संरचनाहरु एकमत भएर हामी भारी बहुमतले जित्नेछौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।