काठमाडौं- १० वैशाखमा हुने उपनिर्वाचनका लागि तनहुँ- १ र चितवन- २ का लागि उम्मेदवारी तय गरेको नेपाली कांग्रेसले बारा- २ का लागि भने चैत १९ गते मात्रै निर्णय गर्ने जनाएको छ।
बिहीबार बसेको कांग्रेस कार्यसम्पादन समिति बैठकले तनहुँ- १ गोविन्द भट्टराई र चितवन- २ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उपनिर्वाचन हुने अर्को क्षेत्र बारा- २ का बारेमा कांग्रेसले बिहीबार कुनै निर्णय नलिएको र १९ गते कार्यसम्पादन समितिको बैठक गरेर निर्यण गर्ने प्रवक्ता प्रकाशशरण महतले नेपाल लाइभलाई बताए।
जसपा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने चर्चासँगै बारा- २ चर्चामा छ। उनलाई सत्तारुढ गठबन्धनले सहयोग गर्ने चर्चा छ। यद्यपि, बारा कांग्रेस जिल्ला समितिले भने उक्त क्षेत्रमा राधेचन्द्र यादवलाई सिफारिस गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।