काठमाडौं- नेपाली कांग्रेसका नेता जितनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गरेका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिले चितवन क्षेत्र नम्बर– २ बाट उम्मेदवार बनाउने निर्णय गरेसँगै नेता श्रेष्ठले सञ्चरकर्मीहरुसँग मंसिरको हावाहुरी वैशाखमा नदेखिने बताए।
मंसिरमा उक्त निर्वाचन क्षेत्रबाट विजयी बनेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फण्डा गरेर जितेको आरोप लगाउँदै श्रेष्ठले अहिले लामिछाने आफ्नो पहिचानका लागि लडिरहेको बताए।
भापति लामिछानेको पार्टी आफैँ अस्थिर बनिरहेको र सरकारलाई दिएको विश्वासको मतको कारणहरु जनतालाई खुलाउन आवश्यक नठान्ने जस्ता नराम्रा कामहरु गरिरहेकाले जनताले स्पट बुझिसकेको उनले उल्लेख गरे।
श्रेष्ठले भने, ‘मंसिरको निर्वाचनमा चितवनमा पनि स्वभाविक रुपमा हावाहुरी आएको थियो। त्यो हावाहुरी जसले लिएर आयो, त्यो मान्छे आफैँ अहिले जनताको बीचमा कहाँ हो मेरो पहिचान भनेर खोज्नुपर्ने स्थितिमा गएका छन्। मंसिरको उल्टो परिणाम अब आउनेछ। सत्ता साझेदार दलहरुको साझा उम्मेदवार म हुन्छु भन्ने कुरामा विश्वस्त छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।