काठमाडौं- राष्ट्रिय सभा सदस्य डा विमला राई पौड्यालले मिटरब्याजीलाई संरक्षण नगर्न राजनीतिक दलहरुलाई आग्रह गरेकी छिन्। बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै पौड्यालले मिटरब्याजीहरुलाई दलका कार्यकर्ताले संरक्षण गरिरहेको भनेर पीडितले भनेका भन्दै त्यसरी संरक्षण नगर्न आग्रह गरिन्।
मिटरब्याजीलाई दलका कार्यकर्ताले संरक्षण गरे, नगरेको विषयमा दलहरु बोल्नुपर्ने उनको भनाइ थियो। दलहरुले आफ्ना मतदाता र समर्थकबाट मिटरब्याजीको संरक्षण हुन दिनु नहुने बताउँदै उनले मिटरब्याज पीडितहरुलाई खुलामञ्चमा बस्न नदिइएकोमा असन्तुष्टि समेत व्यक्त गरिन्।
‘खुलामञ्चमा बस्न दिइएन उहाँहरुलाई। खुलामञ्च काठमाडौंको मात्रै पेवा रहेछ। मधेसबाट आउने मधेसी महिलाहरुले त्यहाँ खुट्टा टेक्न नपाउने?,’ पौड्यालले भनिन्, ‘सरकारले कार्यदल बनाएको भन्ने हामीले सुनेका छौँ। कार्यदलले के गर्दैछ? यसलाई प्राथमिकतामा राखेर कानुन संशोधन गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।