काठमाडौं- नेपाली कांग्रेसको कार्यसम्पादन समितिले मन्त्रिपरिषद् विस्तारका लागि आफ्नो पार्टीबाट मन्त्रीको नाम तय गर्ने जिम्मा पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ।
बिहीबार बिहान बसेको कांग्रेस कार्यसम्पादन समितिले तनहुँ- १ र चितवन- २ का लागि उम्मेदवारको नाम तय गर्दै मन्त्रिपरिषद विस्तार हुँदा मन्त्री छान्ने जिम्मा सभापतिलाई दिएको प्रवक्ता प्रकाशशरण महतले बताए।
प्रधानमन्त्री र सत्तारुढ दलहरुले आजै साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने गरी गृहकार्य गरिरहेका छन्। कांग्रेसलाई आठ मन्त्रालय दिइएको छ।
सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा मन्त्रीहरु पठाउने तयारी गरेका छन्। कांग्रेसले पाउने मन्त्रालयहरुका बारेमा औपचारिक सूचना अहिलेसम्म सार्वजनिक भएको छैन। तर अर्थ, परराष्ट्र, रक्षा सहितका मन्त्रालय कांग्रेसको भागमा पर्ने बताइएक छ।
बिहीबार दिउँसो पुन: बस्ने सत्तारुढ गठबन्धनको बैठकपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री छन्। प्रधानमन्त्रीले आज बिहान पनि सत्तारुढ दलका शीर्ष नेताहरुसँग छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।