काठमाडौं- प्रदेश १ लाई कोशी प्रदेश नामकरण गरिएको विरुद्धमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउन काठमाडौंमा संघीय मार्च आह्वान गरिएको छ। बृहत् नागरिक आन्दोलनले शुक्रबार माइतघर मण्डलाबाट उक्त मार्च गर्ने भएको हो।
पूर्वी नेपालका आदिवासी जनजातिहरुले पहिचानसहितको नामकरणको माग गर्दै आएका छन्। पाँच वर्षदेखि नटुंगिएको नामाकरण गत महिना बहुमतबाट कोशी पारित गरिएको थियो। उक्त नामबाट असन्तुष्ट आदिवासी जनजातिहरुले आन्दोलन गरिरहेका छन्।
आन्दोलन दबाउन राज्य निर्मम रुपमा प्रस्तुत भइरहेको बताउँदै उक्त दमन र बेथिति बिरुद्ध बन्दोलन आह्वान गरिएको बताइएको छ। भनिएको छ, 'कोशी नामकरणको विरोध र पहिचान सहितको नामकरणको पक्षमा हुने संघीय मार्च पूर्वी नेपालमा संघर्षरत आदिवासी जनजातिहरुको मात्रै रहेछ। यी सवाल र संघर्ष मुलुकका सम्पूर्ण गरिब, सीमान्तकृत र परिवर्तनकामी नागरिकको स्वशासन र स्वायक्तताको आकांक्षा जोडिएका सवैको चासोका मुद्दा बनेका छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।