काठमाडौं- सत्ता साझेदार दलहरुबीच भएको मन्त्रालय भागबण्डामा लोकतान्त्रिक समाजवादी पार्टीलाई श्रम मन्त्रालय परेको सो पार्टीका नेताहरुले दाबी गरेका छन्।
सो पार्टीबाट भण्डारी मन्त्री बन्ने चर्चा यसअघि नै थियो। मन्त्रालयको टुंगो लागेको थिएन। बुधबार मन्त्रालय र व्यक्तिको टुंगो लागेको एक नेताले बताए।
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा भण्डारी महोत्तरी- २ बाट निर्वाचित भएका थिए। उनले तराई मधेस लोकतान्त्रिक पार्टीका विजयकुमार सिंहलाई १४ हजार मतान्तरले पराजित गरेका थिए।
पुस १० प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्डले एमालेसहितको गठबन्धन त्यागेर कांग्रेस सहितको नयाँ गठबन्धन बनाएका थिए। एमाले र राप्रपाले सरकार छाडेपछि नयाँ गठबन्धनका दलहरुलाई सरकारमा भित्र्याउने प्रयास चलिरहेको छ। केही दिनयता जारी कसरत अन्तिम चरणमा पुगेको नेताहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।