काठमाडौं– सत्तारुढ गठबन्धनको बैठक २ बजे पुनः बस्ने भएको छ। बैठक बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो। तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपत्यकाबाहिर कार्यक्रम रहेकाले बैठक २ बजे पुनः बस्ने जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए।
मन्त्रालय बाँडफाँटमा संख्या र मन्त्रालय टुंगिएकाहरु बैठकमा नआए पनि हुने, तर नटुंगिएकाहरु आएर छलफल गर्ने उनको भनाइ छ। संख्या र मन्त्रालय टुंगिएका दलहरुले नाम पठाए हुने उनको भनाइ छ।
‘सबै पार्टीले आ-आफ्नो आन्तरिक प्रक्रियाबाट संस्थागत निर्णय त गर्नुपर्यो। क-कसलाई मन्त्री बनाउने भनेर निर्णय गर्नुपर्यो। त्यो सबै भयो भने आज साँझसम्ममा शपथ ग्रहण हुन्छ,’ उनले भने।
पार्टीहरुले संस्थागत निर्णय ल्याउन भनिएको पनि श्रेष्ठले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।