नयाँ दिल्ली– इन्डियन प्रिमियर लिग (आईपीएल) को कमेन्ट्री यसपालि क्रिकेट प्रेमीहरूले १२ भाषामा सुन्न पाउने छन्। आईपीएलाई थप प्रभावकारी बनाउन पञ्जाबी, उडिसा र भोजपुरी भाषामा पनि कमेन्ट्री गरिने भएको छ।
पहिले आइपीएलको कमेन्ट्री दुई वटा भाषा हिन्दी र अंग्रेजीमा मात्र सञ्चालन गरिन्थ्यो। यो सिजनदेखि स्टार स्पोर्ट्समा हिन्दी, अंग्रेजीसहित ९ स्थानीय भाषामा पनि कमेन्ट्री हुनेछ। स्टार टिभी र जियो सिनेमामा अंग्रेजी, हिन्दी, तमिल, तेलुगु, कन्नड, मराठी, गुजराती, बगाली, मलयालममा कमेन्ट्री हुनेछ।

जियो र स्टार स्पोर्ट्समा केही वरिष्ठ क्रिकेटरले कमेन्टेटरको भूमिकामा डेब्यु गर्दैछन्। यो सूचीमा मुरली विजय, एस श्रीसन्त, युसुफ पठान, मिताली राज र अस्ट्रेलियाका पूर्वकप्तान आरोन फिन्च र स्टिभ स्मिथ समावेश छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।