काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक र कानुनी सल्लाहकार नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले आर्थिक सल्लाहकारमा डा चिरञ्जीवी नेपाल र कानुनी सल्लाहकारमा बाबुराम कुँवरलाई नियुक्त गरेका हुन्।
दुई दिनअघि निर्णय भएर बुधबार (आज) नियुक्ति दिइएको हो। आर्थिक सल्लाहकारमा विज्ञका रुपमा नियुक्त भएका डा नेपाल राष्ट्रबैंकका पूर्व गर्भनर हुन्। गभर्नर नियुक्त हुनुअगाडि उनी पनि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका प्रमुख आर्थिक सल्लाहकार थिए।
कानुनी सल्लाहकारमा नियुक्त भएका कुँवर यसअघि गण्डकी प्रदेशको पहिलो प्रदेश प्रमुख हुन्। उनी पूर्व प्रधानमन्त्री शुशील कोइरालाको कार्यकालमा सरकारको महान्यायाधिवक्ता थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।