काठमाडौं– गाँजा खेती गर्न पाऊँ भन्दै परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
बुधबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई, अनिल कुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले यस्तो आदेश गरेको हो।
बहुउपयोगी सामान बनाउन सकिने गाँजाको खेती गर्न किसानलाई रोक लगाउन नपाइने भन्दै शिव खड्का लगायतले एक साताअघि रिट दायर गरेका थिए।
बुधबार भएको पहिलो सुनुवाइमा रिट निवेदक पक्षको बहस सुनेपछि संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।