काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ वर्ष फेरि खेर गएको बताएका छन्। बुधबार रुपेन्देहीमा आयोजित मिसन ग्रासरुट अभियानको कार्यक्रमलाई सम्बोधन उनले यस्तो बताएका हुन्।
उनले सत्ताको खेलका कारण यो पाँच वर्ष खेर गएको बताएका हुन्। उनले भने, ‘यो पाँच वर्ष फेरि पनि खेर जाने भयो। अब धेरै खेर जान दिनुहुँदैन।’
उनले नेकपा एमालेको सही नीति कार्यान्वयन गर्न, सही गन्त्वयमा पुग्न संगठनलाई चुस्तदुरुस्त राख्न जरुरी बताए। साथै चीनले गरेको विकासको अनुभव लिएकाले आफूहरुले १० वर्षमा नेपालको गरिबी हटाउनसक्ने दाबी गरे।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘अरुले ३ सय वर्षमा गरेको विकास, चीनले ३० वर्षमा गर्यो। चीनले ३० वर्षमा गरेको विकास हामीले अनुभव लिएका छौं। त्यो विकास हामी १० वर्षमा गर्छौं। नेपालबाट १० वर्षमा गरिबी हटाउन सक्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।