काठमाडौं- नेकपा एकीकृत समाजवादीले आफूले ३ वटा मन्त्रालय नपाएसम्म सरकारमा सहभागी नहुने अडान लिएको छ। मन्त्रिपरिषद् विस्तारलाई लिएर उक्त पार्टीको बुधबार बसेको आकस्मिक बैठकले आफ्नो अडान कायमै राख्ने निर्णय गरेको पार्टीका प्रवक्ता जगननाथ खतिवडाले बताए।
‘३ वटा मन्त्रालय प्राप्त भइनसकेको र मन्त्रालय पनि टुङ्गो भइनसकेकोले हामी प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा बसेका छौँ,’ प्रवक्ता खतिवडाले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। तर एसले ३ वटा मन्त्रालय नपाएसम्म सरकारमा सहभागी नहुने अडान लिएको छ।
आफूहरुले थुप्रै कुरा त्याग गरेकोले ३ वटा मन्त्रालय स्वभाविक दावी रहेको खतिवडाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।