काठमाडौं- राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसीले ६ महिनादेखि तलब नपाएका धनगढी उपमहानगर अन्तर्गतका ५४ जना स्वास्थ्य स्थायी कर्मचारीहरुको पक्षमा संसद्मा आवाज उठाएका छन्।
असोज महिनादेखिको तलब भत्ता नपाएपछि उनीहरुले दबाबमूलक कार्यक्रम अघि बढाएका छन्।
यही विषयमा बोल्दै केसीले भने, ‘संघीय प्रणाली भएसी कर्मचारीलाई तलब नदिए पनि हुन्छ कि? खटाउनेले तलब खाएर खटाइराखेको हो कि?’ उनले यथाशिघ्र उनीहरुको तलबभत्ता दिन माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।