काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीले सबै पेसा घाटामा हुँदा बैंकहरुले मात्र कसरी नाफा कमाए भनी प्रश्न उठाएका छन्।
बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले बैंकहरुले नाफा कमाउनुको कारण सोधेका हुन्।
‘प्रत्येक बैठकमा आर्थिक अवस्थाको बारेमा कुरा उठ्ने गरेको छ। यसमा सभामुखको ध्यानाकर्षण गराउँछु, ’उनले भने, ‘२४ महिना यता सबै क्षेत्रमा व्यापार घाटा छ। प्रत्येक व्यापारीलाई व्यापार घाटा हुँदै गर्दा बैंकिङ क्षेत्रले मात्र कसरी सय करोड र डेढ सय करोड नाफा कमाउन सफल भए?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।