काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सदनमा सरकारको उपस्थिति नभएको भन्दै आपत्ति जनाएका छन्।
उनले सदन चलिरहँदा सरकारका कुनै पनि मन्त्रीको उपस्थिति नभएको बताउँदै उनले भने, ‘सदनमा त सरकार देखिन गाह्रो छ, गाउँ-गाउँमा त कहिले देखिने हो थाहा छैन।’ सांसद श्रेष्ठले राज्यले उपत्यकाको संस्कृति, सम्पदा, धर्म, सभ्यता मास्न लागेको भन्दै आपत्ति जनाए।
उनले पाँच अरे जात्राको क्रममा विभिन्न भित्री सहरको परिक्रमा गराउने गरेको बताउँदै त्यो दिनको राति काठमाडौंको बत्ती नै सुनियोजित ढंगले काटिएको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।