काठमाडौं- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले मिटरब्याजको जड सरकार भएको आरोप लगाएका छन्। बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारले गरिबलाई झन् गरिब बनाएर शासन गरिरहेको आरोप लगाए।
‘मिटरब्याज अहिलेको समाजको ऐना हो। सरकारका अगुवाहरुले यसमा संरक्षण गरेको देखिन्छ,’ उनले भने, ‘मिटरब्याजको जड सरकार हो। सरकारले गरिबलाई झन् गरिब बनाएर शासन गरिरहेको छ। राजनीतिक गर्नलाई गरिबलाई झन् गरिब बनाइरहेको छ।’
सरकारले गरिब जनतालाई शिक्षा दिन नसक्नेदेखि सहज रुपमा ऋण लिन सक्ने संयन्त्र नबनाएर मिटरब्याजीहरुको ठगीमा पार्न बाध्य पारेको उनको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।