• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, माघ २, २०८२ Fri, Jan 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

९ वर्षपछि १६ वटा क्यासिनोका मुद्दा संवैधानिक इजलासमा पेसी चढ्यो तर सुनुवाइ भएन

64x64
नेपाल लाइभ बुधबार, चैत १५, २०७९  १३:५७
1140x725

काठमाडौं- सर्वोच्च अदालतको अन्तरिम आदेशको भरमा चलेका क्यासिनोहरुको रोयल्टी/राजश्व विवाद सम्बन्धी मुद्दा ८ वर्षपछि संवैधानिक इजलासमा सुनुवाइको लागि पेसी चढे पनि हेर्न नमिल्ने हुँदै स्थगित भएको छ। 

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा,  आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत रहेको संवैधानिक इजलासमा मुद्दा पेसी रहेको थियो। तर न्यायाधीश नियुक्ति हुनुअघि कानुन व्यवसायी भएका कारण हेर्न नमिल्ने भएर स्थगित भएको हो।  

२०६९ सालदेखि सरकारले क्यासिनो सञ्चालन गरेवापत पाउनुपर्ने करोडौं राजस्व सर्वोच्चको एउटा अन्तरिम आदेशका कारण गुमाइरहेको छ। २०७० सालदेखि दर्ता भएका क्यासिनो सम्बन्धी १६ वटा निवेदनहरु बुधबार संवैधानिक इजलासमा पेसी चढे पनि सुनुवाइ नभएपछि अर्को पेसीका लागि सरेको छ। पछिल्लो समय न्यायाधीशको अभाव भएकाले संवैधानिक इजलास प्रत्येक बुधबार मात्र बस्दै आएको छ। 

२०७० सालमा सर्वोच्चका एक न्यायाधीशले अन्तरिम आदेश जारी गरेका थिए। उक्त अन्तरिम आदेश दुई न्यायाधीशको इजलासले खारेज गरेपछि उनीहरु त्यही आदेशकै आधारमा चलिरहेका छन्।  

संवैधानिक इजलासमा मुद्दा पुगेका कारण पनि यसको सुनुवाइमा ढिलाइ हुँदै आएको छ। संवैधानिक इजलास बस्न कठिन हुने भएकाले अर्को सुनुवाइ तत्काल हुने देखिँदैन। सरकारले बन्द भएका ८ वटा क्यासिनोको बक्यौता लामो समयदेखि उठाउन सकेको छैन। जसका कारण राज्यको १ अर्ब  भन्दा धेरै राजश्व गुमाउनु परेको छ। 

२०७१ वैशाखदेखि बन्द भएका ८ वटा क्यासिनोको झन्डै डेढ अर्ब रुपैयाँ बक्यौता उठ्न सकेको छैन। ३ वर्षअघि ६७ करोड रुपैयाँ बक्यौता रहेकोमा जरिवाना र नवीकरण शुल्कको भारले बक्यौता थपिँदै गएको छ।

सरकारले २०७० देखि कार्यान्वयनमा आएको क्यासिनो नियमावली अनुसार सञ्चालनमा नआउने तथा बक्यौता तिर्न अटेर गर्ने क्यासिनोहरुलाई बन्द गरेको थियो। क्यासिनोहरुको नियामक निकाय पर्यटन विभागले बक्यौता उठाउन नसकेपछि हाल कुमारी चोक तथा केन्द्रीय तहसिलको कार्यालय पठाएको छ। 

सबैभन्दा धेरै बक्यौता नेपाल रिक्रिएसन सेन्टर प्रालिको नाममा छ। सरकारले कर लिन कडाइ गरेपछि क्यासिनो सञ्चालकहरु सर्वोच्च जाँदै अन्तरिम आदेश ल्याएर सञ्चालन गर्ने बाटोमा लागेका थिए।

Ncell 2
Ncell 2

सबैभन्दा पहिले पाँचतारे होटल याक एन्ड यती होटलमा रहेको क्यासिनो रोयलले बक्यौता नतिरे पनि सञ्चालन गर्न अन्तरिम आदेश पाएको थियो। र्‍याडिसन होटलमा सञ्चालित र्‍याड र लैनचौरस्थित मल्ल होटलमा रहेको भेनस रोयल क्यासिनोको सिको गर्दै अदालत गएका थिए। दुवै क्यासिनोलाई एक वर्षअघि सर्वोच्चका तत्कालीन कामु न्यायाधीश वैद्यनाथ उपाध्यायको एकल इजलासले सञ्चालन गर्न दिन अन्तरिम आदेश दिएको थियो। र्‍याड र भेनस क्यासिनोलाई सरकारले २०७१ वैशाखबाट बन्द गराएको थियो। 

रोयललाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पटकपटक बन्द गर्दै आए पनि सर्वोच्चबाट अन्तरिम आदेश ल्याएर चल्दै आएको छ। 

अधिवक्ता मनोज दुवाडीले बहस गरेको यो मुद्दामा क्यासिनो बन्द गराउन सरकारले गरेको २०७१ वैशाख ५ गतेको निर्णयलाई कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश दिइएको थियो। सर्वोच्चले क्यासिनो र्‍याडलाई अन्तरिम आदेश दिए लगत्तै क्यासिनो भेनसलाई पनि सञ्चालन गर्न दिन अन्तरिम आदेश दिएको थियो।

२०७१ साल असोज ३० गते क्यासिनो कम्पनीहरुले गृह मन्त्रालय, पर्यटन मन्त्रालय र पर्यटन विभागलाई विपक्षी बनाई हालेको मुद्दामा तत्कालीन न्यायाधीश तथा हालका प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो। उक्त आदेशकै भरका करोडौं कर नतिरी राजधानीमा विभिन्न तारे होटलका अन्य क्यासिनोहरु सञ्चालन हुँदै आएका छन्। 

सरकारले करको बक्यौता तिर्न दबाव बढाउँदै बन्द गर्न थालेपछि एकपछि अर्को गर्दै क्यासिनोको १५ थान मुद्दा सर्वोच्च पुगिसकेका छन्। सबै मुद्दालाई एकमुष्ठ सुनुवाइ गर्न र व्याख्या गर्न संवैधानिक इजलासमा तोकिएको छ। 

२०७१ सालका खिलराज रेग्मी नेतृत्वको सरकारले क्यासिनो सञ्चालनका लागि नियमावली निर्माण गरेको थियो। उक्त नियमावली अनुसार पुरानो कर बक्यौता तिरेर नयाँ दर्ता भएर चल्नुपर्ने भए पनि क्यासिनो सञ्चालकहरु सीधै सर्वोच्च अदालत पुगेर अन्तरिम आदेश लिएर सञ्चालन गर्ने गर्दै आएका छन्। 

यसपछि सरकारी मापदण्ड पूरा नगर्ने, राजश्व नतिर्ने र अदालतको आदेश लिएर क्यासिनो सञ्चालन गर्ने क्रम बढ्न थालेको थियो। पर्यटन विभागका अनुसार, अदालतको विषयमा कुनै प्रतिक्रिया दिन नमिल्ने भएकाले पनि क्यासिनोले अन्तरिम आदेश ल्याउँदै निर्बाध रुपमा सञ्चालन गर्न थालेका थिए। 

रोयल्टी दायित्वमा विवाद: होटलले बुझाउने कि क्यासिनो सञ्चालक कम्पनीले?
क्यासिनो नियमावली २०७० नआउँदासम्म कुनै पनि संस्था वा व्यक्तिले क्यासिनो सञ्चालन गर्ने अनुमति लिन पाउँदैनथे। होटलले नै क्यासिनो सञ्चालन गर्ने इजाजत लिने र संस्थालाई भाडामा दिएर क्यासिनो सञ्चालन गर्ने परिपाटी थियो। लामो समयसम्म इजाजत लिनेले रोयल्टी रकम नबुझाएपछि सरकारले क्यासिनो बन्द गर्ने निर्णय गर्दै नयाँ नियमावली बनाएको छ।

सरकारी अधिकारीहरु घरबेटीले भाडामा बस्नेसँग भाडा लिने र सरकारलाई घरबहाल कर बुझाउने दायित्व भए जस्तै भाडाका क्यासिनो सञ्चालन गर्ने अनुमति दिने होटलले नै पुरानो बक्यौता रकम बुझाउनुपर्ने तर्क गर्छन्। तर, होटल सञ्चालकहरु भने भवनको भाडा मात्रै लिएको भनेर पन्छिने गरेका छन्।

प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १३:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भेनेजुएलाकी कोरिना मचाडोले राष्ट्रपति ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार
क्यानडाका प्रधानमन्त्री कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता
नियमितको मिति तोकिएकै दिन विशेष महाधिवेशन मागको औचित्य समाप्त भएको थियो : खड्का
सम्बन्धित सामग्री
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार नियोजित समूहले गाडीमा सवार व्यक्तिहरूलाई ओरालेर तोडफोड गरेका होइनन्... शुक्रबार, माघ २, २०८२
आज दुई संसदीय समितिको बैठक बस्दै जसअनुसार बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ । शुक्रबार, माघ २, २०८२
वैदेशिक रोजगारीबाट फर्किएका उद्यमीलाई सरकारले सम्मान गर्ने, आवेदन दिन आह्वान मन्त्रालयले बिहिवार एक सूचना निकालेर “विदेशमा काम गरी फर्केका उद्यमी राष्ट्रिय सम्मान तथा पुरस्कार व्यवस्थापन कार्यविधि, २०७६” अनुसा... शुक्रबार, माघ २, २०८२
ताजा समाचारसबै
भेनेजुएलाकी कोरिना मचाडोले राष्ट्रपति ट्रम्पलाई दिइन् आफ्नो नोबेल शान्ति पुरस्कार शुक्रबार, माघ २, २०८२
क्यानडाका प्रधानमन्त्री कार्नी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता शुक्रबार, माघ २, २०८२
नियमितको मिति तोकिएकै दिन विशेष महाधिवेशन मागको औचित्य समाप्त भएको थियो : खड्का शुक्रबार, माघ २, २०८२
प्रमुख निर्वाचन आयुक्तले भने– कांग्रेस विवादमा विधिसम्मत निर्णय दिन्छौं शुक्रबार, माघ २, २०८२
गोरखामा रास्वपा नेता परियारको गाडीमा तोडफोड शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर बिहीबार, माघ १, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीबिच एकता बिहीबार, माघ १, २०८२
सभापति थापाले भने : ‘निर्वाचन आयोगले विशेष महाधिवेशनको निर्णयलाई अद्यावधिक गर्नेमा विश्वस्त छु’ बिहीबार, माघ १, २०८२
कांग्रेस कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
वार्ता सकेर विशेष महाधिवेशन पक्षधरको मागको सूची बोकेर संस्थापन पक्षका टोली देउवा निवासमा मंगलबार, पुस २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्