काठमाडौं- सांसद सोभा ज्ञवालीले बर्दिया राष्ट्रिय निकुञ्जका जंगली जनावरहरुलाई नियन्त्रण गर्नुपर्ने बताएकी छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद ज्ञवालीले जंगली जनावरले बाली-नाली सखाप पार्ने गरेको र जनतलाई दु:ख दिएको भन्दै पक्की वाल लगाएर नियन्त्रण गर्न आग्रह गरेकी छन्।
उनले बर्दिया अन्नको भण्डार रहेको र निकुञ्जका जंगली जनावरहरुले बाली नष्ट पारेको बताउँदै त्यसलाई नियन्त्रण गर्नुपर्ने बताइन्। उनले संसदमा मन्त्री नभएको भन्दै सरकार छ कि छैन भन्ने प्रश्न समेत गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।