काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका लागि कम्तीमा एक जनाको भए पनि नाम दिन आग्रह गरेपछि एकीकृत समाजवादी पार्टीले सचिवालय बैठक बोलाएको छ। बैठक पार्टी कार्यालयमा जारी रहेको समाजवादीका एक नेताले बताए।
माधव नेपालको नेतृत्वमा रहेको समाजवादीले तीन मन्त्रीको दावी गरिरहेको छ। उक्त पार्टीले गृह वा अन्य शक्तिशाली मन्त्रालय आफूलाई चाहिने भन्दै आएको छ।
मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै सार्वजनिक रुपमा आलोचना बढेपछि प्रधानमन्त्री प्रचण्डले सानो आकारको मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन्। सत्ता साझेदार दलहरुले नाम दिएमा उनीहरुलाई सपथ गराउने अनि विस्तारै छलफल गर्दै जाने प्रधानमन्त्रीको तयारी छ।
मन्त्रिपरिषद् विस्तारका लागि मंगलबारदेखि निरन्तर छलफल भइरहेको छ। बुधबार बिहान पनि सत्ता-गठबन्धनको बैठक बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।